७ आश्विन २०८३, बुधबार | September 23, 2026

विनयीखोलाको बाढीले यात्रुबाहक बस बगायो, ३८ यात्रुको सकुशल उद्धार



नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलामा आएको बाढीले यात्रुबाहक बस बगाएको छ। बिहीबार राति भे १ ख ४०८५ नम्बरको यात्रुबाहक बस खोलाको बीच भागबाट बगाएको हो।

बसमा सवार तीन बालबालिकासहित ३८ जना यात्रु सबै सकुशल छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी मधु नेपालका अनुसार यात्रुहरूलाई तत्कालै उद्धार गरिएको हो।

प्रहरी, स्थानीयको सहकार्यमा उद्धार कार्य सञ्चालन गरिएको थियो। घटनास्थलमा तत्कालै उद्धार टोली परिचालन गरिएपछि यात्रुहरूलाई खोलाबाट सुरक्षित स्थानमा निकालिएको डीएसपी नेपालले जानकारी दिए।

पूर्वबाट बर्दियातर्फ गइरहेको सो बस बाढीको कारण फसेर करिब एक किलोमिटर तलसम्म बगिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

बस फसेको देखेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए। तत्कालै उद्दार टोली पुगेको र जेसेभीको सहायताले उद्धार गरिएको थियो। घटनास्थलमा रातभर उद्धार कार्य चलाइएको थियो।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ६ : ४१ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११