४ श्रावण २०८२, आइतबार | July 20, 2025

विनयीखोलाको बाढीले यात्रुबाहक बस बगायो, ३८ यात्रुको सकुशल उद्धार



नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलामा आएको बाढीले यात्रुबाहक बस बगाएको छ। बिहीबार राति भे १ ख ४०८५ नम्बरको यात्रुबाहक बस खोलाको बीच भागबाट बगाएको हो।

बसमा सवार तीन बालबालिकासहित ३८ जना यात्रु सबै सकुशल छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी मधु नेपालका अनुसार यात्रुहरूलाई तत्कालै उद्धार गरिएको हो।

प्रहरी, स्थानीयको सहकार्यमा उद्धार कार्य सञ्चालन गरिएको थियो। घटनास्थलमा तत्कालै उद्धार टोली परिचालन गरिएपछि यात्रुहरूलाई खोलाबाट सुरक्षित स्थानमा निकालिएको डीएसपी नेपालले जानकारी दिए।

पूर्वबाट बर्दियातर्फ गइरहेको सो बस बाढीको कारण फसेर करिब एक किलोमिटर तलसम्म बगिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

बस फसेको देखेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए। तत्कालै उद्दार टोली पुगेको र जेसेभीको सहायताले उद्धार गरिएको थियो। घटनास्थलमा रातभर उद्धार कार्य चलाइएको थियो।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ६ : ४१ बजे

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

पर्वत । मोदी गाउँपालिका-३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध

रङ्गीबिरङ्गी फूलले सजिएको ढोरपाटन

गलकोट । शान्त वातावरणमा रङ्गीबिरङ्गी फूल, छिनछिनमा परिवर्तन हुने मौसम

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का विभिन्न पाँच समितिको बैठक आज बस्दैछ

दाउन्ने सडकखण्ड एक वर्षमै ६३ पटक बन्द

नवलपरासी । बुटवल-नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक

कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएकाले