१४ भदौ २०८३, आइतबार | August 30, 2026

प्रहरीको साइबर ब्यूरोले भारतको रुपैडियालाई नेपालगन्जको रुपैडिया लेखेपछि आलोचना



नेपालगन्ज । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गरेको अभियोगमा पक्राउ परेको विज्ञप्तिमा भारतको रुपैडियालाई नेपालगन्जको रुपैडिया उल्लेख गरेपछि सामाजिक सञ्जालमा प्रहरीको आलोचना भएको छ । भारतको बहराईच जिल्ला अन्तर्गत जमुनाहा नाका पारीको भारतीय बजार रुपैडियालाई नेपालगन्जको रुपैडिया उल्लेख गरि प्रहरीले बिज्ञप्ति सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा प्रहरीको आलोचना भएको हो ।

प्रहरीको साइबर ब्यूरोले प्रकाशित गरेको विज्ञप्तिमा युट्युब लगायतका डिजिटल प्लेटफर्महरूमा नियमित रूपमा व्यक्तिहरू तथा संस्थालाई लक्षित गरी तथ्यहीन र आधारहीन विषयमा सामाग्रीहरू प्रसारण गरी नकारात्मक धारणा फैलाएको तथा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री बारम्बार प्रकाशन समेत गर्ने गरेको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा उक्त कार्यमा संलग्न उनलाई नेपालगंज रूपैडियाबाट पक्राउ गरेको उल्लेख छ ।

सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गरेको अभियोगमा बाग्लुङ निसिखोला गाउँपालिका(४ घर भएका ३६ वर्षीय ड्राइभर रेशम भन्ने रेशम राज पौडेललाई सोमबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

बाँके र नेपालगन्जको नेपाली भूमीमा रुपैडिया नामको कुनै स्थान नभएको जनाउँदै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले नेपालको भूगोलका बारेमा प्रहरीलाई ज्ञान नहुनु दुखद भएको जनाएका छन् ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ९ : ४७ बजे

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकका

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

काठमाडौं । भोटेकोशीे बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती

काठमाडौँ । भोटेकोशी बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा

भोटेकोशी बाढी अपडेट : ७३४ जनाको मृत्यु, २४९८ सम्पर्कविहीन र ८,१८६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो

नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले रसुवामा बाढीबाट प्रभावित नागरिकको सहयोगका