२२ श्रावण २०८३, शुक्रबार | August 8, 2026

त्रिदेशीय टी-२० सिरिज : नेपालद्वारा स्कटल्याण्डलाई २ विकेटले पराजित



काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० सिरिजको दोस्रो खेलमा नेपालले घरेलु टिमविरुद्ध दुई विकेटको जित निकालेको छ ।

स्कटल्यान्डको ग्लासगोमा सम्पन्न खेलमा घरेलु टिमले दिएको ९८ रनको लक्ष्य नेपालले १९.५ ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३० रन थपे । उनले ३५ बलमा चार चौका प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले १४ र बसिर अहमेदले १३ रन थपे । किरण ठगुन्नाले १० रन जोडे ।

स्कटल्यान्डका माइकल लियस्क र सफयनज सरिफले समान दुई विकेट लिए । जास्पेर डाभिडसन, ज्याक सारिफ, वार्क वाट र ब्रान्डन म्याकमुलमले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टिमले नेपालविरुद्ध १९.४ ओभरमा ९७ रनमै समेटिएको थियो ।

स्कटल्यान्डलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछानेले चार विकेट लिए । घातक बलिङ गरेका सन्दीपले चार ओभरमा एक मेडन फ्याक्दै ११ रनमात्र खर्चिए । उनको इकोनोमी रेट ३.०० भन्दा तल रह्यो ।

यसबाहेक, करण केसीले दुई र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए । ललित राजवंशीको नाममा एक विकेट रह्यो ।

स्कटल्यान्डका माइकल लियस्कले सर्वाधिक ४६ रन बनाए । कप्तान म्याथ्यु क्रसले १५ र ब्रान्डन म्याकमुलनले १० रन थपे । यसबाहेक, स्कटिस टिमबाट अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

शृंखलामा नेपालको यो दोस्रो खेल हो । यसअघि, नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग कीर्तिमानी प्रदर्शन गरे पनि सुपर ओभरमा हार बेहोरेको थियो । उक्त खेल तीन पटकसम्म सुपर ओभरमा पुग्दा नेदरल्यान्ड्सले तेस्रो पटकमा जित निकालेको थियो ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीन पटकसम्म सुपर ओभरमा पुगेको यो पहिलो र अहिलेसम्मको एकमात्र खेल हो ।

यता, स्कटल्यान्डको पनि जारी सिरिजमा यो दोस्रो खेल हो । स्कटल्यान्डले यसअघि पहिलो खेलमा डच टोलीविरुद्ध ३९ रनको जित निकालेको थियो ।

आइतबारदेखि सुरु भएको सिरिजमा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सको सहभागिता छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ११ : ०५ बजे

प्रधानमन्त्री शाहले मध्यराती गरे आफु एक्लो परेको संकेत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आफु एक्लो परेको संकेत

होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,