काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० सिरिजमा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा तीन वटासम्म सुपर ओभर खेलेर नेदरल्यान्ड्ससँगको खेललाई ऐतिहासिक बनाएको नेपालको दोस्रो भिडन्तको प्रतिक्षा धेरैले गरेका छन् ।
नेपाली समय अनुसार आज साँझ पौने ८ बजे हुने प्रयितोगितामा यसअघिको हारको बदला दिने दाउमा नेपाल हुनेछ । जारी सिरिज अन्तरगत पहिलो खेलमा नेपाल नेदरल्याण्डसँग सुपर ओभरमा पराजित भएको थियो । नेपालले तेस्रो सुपरओभरमा पराजित भएको हो ।
यसैगरी घरेलु टोली स्कटल्याण्डलाई भने २ विकेटले पराजित गरेको थियो । अंक तालिकामा २ जित दर्ता गरेको नेदरल्याण्ड शीर्ष स्थानमा रहेको छ भने स्कटल्याण्ड दोस्रो तथा नेपाल तेस्रो स्थानमा छ ।
घरेलु टोलीसँग अघिल्लो खेलमा पारजय बेहोरेको नेदरल्याण्डले बुधबारको खेलमा भने जित दर्ता गरेको छ ।


















प्रतिक्रिया