८ बैशाख २०८३, मंगलबार | April 22, 2026

लुम्बिनी र गण्डकी प्रदेशको सीमानामा प्रहरी चौकी स्थापना



रामपुर । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सीमानामा पर्ने पाल्पाको निस्दी गाउँपालिका-१ भोटाहामा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । सुरक्षा व्यवस्थालाई मजबुत बनाउन प्रहरी चौकी स्थापना गरिएको हो ।

कालीगण्डकी करिडोर प्रयोग गर्ने बढ्दै जाँदा चोरी निकासी तथा अवैध गतिविधि नियन्त्रण गर्न, निस्दी गाउँपालिका-१ र २ का स्थानीयलाई शान्ति सुरक्षा दिलाउन, सवारी दुर्घटना न्युनिकरण, अपराधिक क्रियाकलाप रोक्नका लागि दुई प्रदेशको सीमा नाकामा प्रहरी चौकी स्थापना गरी सेवा दिन थालिएको हो । भाडाको घरबाट सञ्चालित चौकीका लागि निस्दी गाउँपालिकाले आवश्यक सहयोग गरेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए ।

गाउँपालिकाले एउटा मोटरसाइकल समेत उपलब्ध गराउने भएको छ । यहाँ स्थापना भएको प्रहरी चौकीसँगै पाल्पामा हाल १९ स्थायी प्रहरी चौकी र ६ अस्थायी प्रहरी चौकी सञ्चालनमा छन् । प्रहरी प्रधान कार्यालयले गत वैशाखमा स्वीकृत प्रदान गरेसँगै अस्थायी पोष्ट स्थापनाका लागि आवश्यक तयारी गरेर चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले लुम्बिनी प्रदेशको पाल्पा र गण्डकीको नवलपुरका सीमा क्षेत्रमा हुन सक्ने अवैध गतिविधि नियन्त्रणका लागि सहज हुने बताए ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ८ : २३ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. विष्णु गौतम नियुक्त

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुर । ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा

रोल्पाको थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ हुने

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पा कला साहित्य

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति