३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

खजुराको १७ औं गाउँसभा सुरु : आत्मनिर्भर र समृद्ध खजुरा बनाउने नीति कार्यक्रम घोषणा (पूर्णपाठ)



खजुरा । बाँकेको खजुरा गाउँपालिकाको १७ औं गाउँसभा सुरु भएको छ । आजबाट सुरु भएको गाउँसभाले खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले प्रस्तुत गरेको आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम सर्वसम्मत अनुमोदन गरेको छ ।

गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका अध्यक्ष विकले ‘हामी आफै बनाउ हाम्रो खजुरा, आत्मनिर्भर र समृद्ध खजुरा’ को नारालाई पुरा गर्न निर्मित पन्चवर्षे योजना, आवाधिक योजना, मध्यकालीन खर्च संरचना योजना र जनताको स्तरबाट आएका योजनाहरुलाई प्राथमिकिकरण गर्दै बहुवर्षिय योजना कार्यान्वयनको निरन्तरता दिने कुरालाई ध्यानमा राख्दै कार्यक्रम तय गरिएको बताए । उनले खजुराको चौतर्फी रुपमा विकासलाई गति दिन वार्षिक कार्यक्रमलाई नीति तथा कार्यक्रमको रुपमा तय गरिएको बताए ।

नीति तथा कार्यक्रमको उद्देश्य लक्ष्य प्राप्तिको लागि कार्यान्वयन गर्न आ.व. २०८२/८३ को नीति तथा कार्यक्रममा आधारित बजेटको विनियोजन गरिने उनले उल्लेख गरे । उनले नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनमा सम्पूर्ण खजुरावासीको सक्रिय भूमिका तथा पूर्ण सहयोगको अपेक्षा समेत गरे ।

नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकतामा राख्दै खजुराको समृद्धिको आधार कृषिलाई प्रोत्साहित गरिएको छ । खजुराको शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, उद्योग, ब्यवसायलगायतमा निजी क्षेत्रसँग सहकार्य गर्दै घोषित लक्ष्य पूरा गर्ने कार्यक्रममा उल्लेख गरिएको छ । कबड्डीलाई पालिका खेलकुदकारुपमा घोषणा गर्दै कबड्डीसँगै सबै खेल गतिबिधिलाई तिब्ररुपमा संचालन गरिने कार्यक्रममा योजना बनाइएको छ । कृषिको बजारिकण, टिनको छानामुक्त बिद्यालय, हरेक बिद्यालयमा सुबिधासम्पन्न शौचालय र स्वच्छ खानेपानी, ब्यवसाय करको दायरा फराकिलो बनाउनुका साथै पुराना योजनाहरुलाई आव ०८२/८३ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष बिकले अधुरो रहेको पालिकाको प्रशासनिक भवन, शीत भण्डारलाई यसै वर्ष सम्पन्न गरिने र केही पूर्वाधारको अभावमा संचालन हुन नसकेको बहुउद्देशीय सभाहललाई पनि आगामी आवदेखि संचालनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
पूर्णपाठ :

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ५ : २६ बजे

काठमाडौं महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य

समानुपातिक सांसद चयनका लागि एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर ।भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा