२ पुस २०८२, बुधबार | December 17, 2025

‘सम्भावित विपद्को सुरक्षा निकायमार्फत पूर्वतयारी अवस्थामा’



काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनको समय भएकोे र जुनसुकैबेला पनि विपद् आउनसक्छ भन्ने आँकलनका साथ सरकार पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहेको बताएका छन् ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उनले आफ्नो मन्त्रालय मनसुनको समयमा बाढी, पहिरो, डुबान र सडक अवरोध हुनसक्ने सम्भावित विपद्को सुरक्षा निकायमार्फत पूर्वतयारी अवस्थामा रहेको बताए । उद्धारका लागि हेलिकप्टरकोसमेत व्यवस्था गरिएको उनले जानकारी दिए ।

मन्त्री लेखकले भने, “यसबाहेक मन्त्रालय मातहत सबै प्रदेशमा रहेका आपत्कालीन मानवीय सहायता केन्द्रलाई विपद् उद्धारलाई प्रभावकारी बनाउन प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । यस्ता केन्द्र स्थानीयस्तरमा विस्तार गर्न स्थानीय सरकारलाई आग्रह गर्दछु ।”

बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी अधिकृत ई दिनेशप्रसाद भट्टले विपद्को पूर्वतयारीका बारेमा जानकारी गराउँदै उद्धारमा स्थानीयको सहयोगको ठूलो भूमिका हुने उल्लेख गरे।

त्यस्तै, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले यस वर्षको मौसम पूर्वानुमानबारे जानकारी गराउँदै यस वर्ष सरदरभन्दा बढी वर्षा हुने बताए । समिति सभापति कुशुमदेवी थापाले विपद् व्यवस्थापन र उद्धारमा गरिएको तयारीकाबारेमा समितिलाई अवगत गराउन र विगतबाट सिकेर थप प्रभावकारिताका साथ लाग्न मन्त्रालयलगायत सरोकारवाला निकायलाई आग्रह गरेका थिए ।

समिति सदस्यहरु वीरबहादुर बलायर, सरस्वती सुब्बा, रुपा शोसी चौधरी, भानुभक्त जोशी, सूर्यप्रसाद ढकाल, अनिशा नेपाली, अशोककुमार चौधरी, सम्झना थपलिया, अमृतलाल राजवंशी र बिजुला रायमाझीले मनसुनबाट हुने विपद्को पूर्वतयारीमा गर्नुपर्ने काम र उद्धारको व्यवस्थाका लागि विभिन्न सुझाव दिएका थिए ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ३ : ४३ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन