९ आश्विन २०८३, शुक्रबार | September 25, 2026

पाकिस्तानी दूतावासद्वारा नेपालका विभिन्न विद्यालयमा अध्ययनरत १९५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान



काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले नेपालका विभिन्न विद्यालयमा अध्ययनरत १९५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

दूतावासले आज काठमाडौंमा आयोजित ‘तेह्रौँ पाकिस्तानी राजदूत छात्रवृत्ति वितरण’ समारोहमा ती विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद एकनाथ ढकालले विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरे ।

नेपालभरका विद्यालयहरूका प्रधानाध्यापकहरूले छनोट गरेका जेहेन्दार र असल नेपाली विद्यार्थीहरूलाई हरेक वर्ष दूतावासले छात्रवृत्ति प्रदान गर्ने गर्छ ।

यसवर्ष १०२ वटा विद्यालयका १९५ जना विद्यार्थीहरूले छात्रवृत्ति प्राप्त गरेका छन्। तीमध्ये एक जना प्रतिभाशाली विद्यार्थीलाई निरन्तर राम्रो शैक्षिक प्रदर्शनको लागि ल्यापटप पनि प्रदान गरिएको थियो।

सो अवसरमा सांसद ढकालले शिक्षा क्षेत्रलाई दिँदै आएको निरन्तर प्राविधिक सहयोगको लागि पाकिस्तान सरकारलाई धन्यवाद व्यक्त गरे। उनले द्विपक्षीय सम्बन्धलाई अन्य क्षेत्रमा पनि विस्तार गर्नुपर्ने आवश्यकतामाथि जोड दिए।

पाकिस्तानका राजदूत अबरार एच। हाश्मीले पाकिस्तानले यो छात्रवृत्ति कार्यक्रम निरन्तर जारी राख्ने र नेपालमा उच्च माध्यमिक तहका विद्यार्थीहरूलाई समेत समेटेर सहयोग विस्तार गर्ने प्रतिबद्धता जनाए। उनले नेपाली युवाहरूलाई अध्ययन, खेलकुद र सकारात्मक सामाजिक गतिविधितर्फ प्रोत्साहित गर्नु द्विपक्षीय सहयोगको महत्वपूर्ण पक्ष भएको उनले बताए।

‘पाकिस्तानी राजदूत छात्रवृत्ति कार्यक्रम’ सन् २०१३ देखि नियमित रूपमा आयोजना हुँदै आएको छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ८ : १३ बजे

आगामी दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि अझै बढ्ने

काठमाडौँ । मौसमविद् राजन लामिछानेले आगामी दुई दिन अझै पश्चिमी

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

सुनसरी । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भइरहेको वर्षाका

४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले

बेनी-जोमसोम-कोरला सडकमा राति गाडी चलाउन नपाइने

मुस्ताङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा यही असोज