१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

न्यू होराइजनले गर्‍यो ४ जीपीए ल्याउने ११ जनासहित एसईईमा उत्तिर्ण विद्यार्थीलाई सम्मान



बुटवल । न्यू होराइजन अंग्रेजी आवासीय मावि बुटवलमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी तथा अभिभावकहरुलाई सोमबार सम्मान गरिएको छ । विद्यालयका प्राचार्य लोकनाथ उपाध्याय तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजूले विद्यार्थी र अभिभावकलाई सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्राचार्य उपाध्यायले गुणस्तरीय शिक्षाका लागि विद्यालय सधैँ दत्तचित्त रहेको बताए । शिक्षक, विद्यार्थी र अभिभावकहरुको मेहेनतकै कारण संस्थागततर्फ बुटवलमा पहिलो र न्यू होराइजनको इतिहासमै सर्वोकृष्ट नतिजा आएको उनले बताए ।

यहाँ अध्ययन गर्न चाहाने विद्यार्थीका लागि छात्रवृतिको समेत व्यवस्था गरिने उनले बताए । विद्यालयका अध्यक्ष कसजुले उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगति एवं उज्जवल भविष्यको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा बोल्दै ४ जीपिए ल्याएका विद्यार्थी बेदान्त गौतमले न्यू होराइजनमा अध्ययनका लागि उत्कृष्ट शैक्षिक वातावरण रहेको बताए । साथै उनले आगामी शैक्षिक यात्रापनि यसै विद्यालयबाटै अघि बढाउने योजना बनाएको बताए ।

यस्तै अभिभावक गंगाराम भट्टराई र सुमित्रा शर्मा लागायतले बोल्दै हरेक वर्ष उत्कृष्ट नतिजा र राम्रो शैक्षिक वातावरण भएका कारण बुटवल बाहिरका विद्यार्थी र अभिभावकको रोजाइमा न्यू होराइजन पर्ने गरेको बताए । एसईई पछिको उच्चशिक्षामा बालबालिकाहरुको रुचि र चाहाना अनुसारको विषय छनोट गरी भर्ना गरेमा सफल हुन सकिने बताउँदै उत्कृष्ट नतिजाका लागि विद्यालय परिवारलाई धन्यवाद व्यक्त गरे ।

एसईईमा न्यू होराइजनबाट ११ जना विद्यार्थीले ४ जीपीए, १२५ जना विद्यार्थीले ‘ए प्लस’, ९९ जना विद्यार्थीले ‘ए’, ५९ जना विद्याथीले ‘बि प्लस’ र  ६ जना विद्यार्थीले ‘बि’ ग्रेड ल्याउन सफल भएको विद्यालयका उपप्राचार्य  बासुदेव अर्यालले जानकारी दिए ।

साथै कक्षा ११-१२ मा विज्ञान तथा व्यवस्थापन विषय अध्ययन गर्न चाहाने विद्यार्थीका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक पूर्वाधार तथा दक्ष, अनुभवी एवं पूर्णकालीन प्राध्यापकसँगै उत्कृष्ट वातावरण रहेको विद्यालयले जनाएको छ । विद्यालयका उपप्राचार्य बालकृष्ण भण्डारीको स्वागत तथा शिक्षक प्रकाश गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ८ : २५ बजे

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक