१३ माघ २०८२, मंगलबार | January 27, 2026

न्यू होराइजनले गर्‍यो ४ जीपीए ल्याउने ११ जनासहित एसईईमा उत्तिर्ण विद्यार्थीलाई सम्मान



बुटवल । न्यू होराइजन अंग्रेजी आवासीय मावि बुटवलमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी तथा अभिभावकहरुलाई सोमबार सम्मान गरिएको छ । विद्यालयका प्राचार्य लोकनाथ उपाध्याय तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजूले विद्यार्थी र अभिभावकलाई सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्राचार्य उपाध्यायले गुणस्तरीय शिक्षाका लागि विद्यालय सधैँ दत्तचित्त रहेको बताए । शिक्षक, विद्यार्थी र अभिभावकहरुको मेहेनतकै कारण संस्थागततर्फ बुटवलमा पहिलो र न्यू होराइजनको इतिहासमै सर्वोकृष्ट नतिजा आएको उनले बताए ।

यहाँ अध्ययन गर्न चाहाने विद्यार्थीका लागि छात्रवृतिको समेत व्यवस्था गरिने उनले बताए । विद्यालयका अध्यक्ष कसजुले उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगति एवं उज्जवल भविष्यको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा बोल्दै ४ जीपिए ल्याएका विद्यार्थी बेदान्त गौतमले न्यू होराइजनमा अध्ययनका लागि उत्कृष्ट शैक्षिक वातावरण रहेको बताए । साथै उनले आगामी शैक्षिक यात्रापनि यसै विद्यालयबाटै अघि बढाउने योजना बनाएको बताए ।

यस्तै अभिभावक गंगाराम भट्टराई र सुमित्रा शर्मा लागायतले बोल्दै हरेक वर्ष उत्कृष्ट नतिजा र राम्रो शैक्षिक वातावरण भएका कारण बुटवल बाहिरका विद्यार्थी र अभिभावकको रोजाइमा न्यू होराइजन पर्ने गरेको बताए । एसईई पछिको उच्चशिक्षामा बालबालिकाहरुको रुचि र चाहाना अनुसारको विषय छनोट गरी भर्ना गरेमा सफल हुन सकिने बताउँदै उत्कृष्ट नतिजाका लागि विद्यालय परिवारलाई धन्यवाद व्यक्त गरे ।

एसईईमा न्यू होराइजनबाट ११ जना विद्यार्थीले ४ जीपीए, १२५ जना विद्यार्थीले ‘ए प्लस’, ९९ जना विद्यार्थीले ‘ए’, ५९ जना विद्याथीले ‘बि प्लस’ र  ६ जना विद्यार्थीले ‘बि’ ग्रेड ल्याउन सफल भएको विद्यालयका उपप्राचार्य  बासुदेव अर्यालले जानकारी दिए ।

साथै कक्षा ११-१२ मा विज्ञान तथा व्यवस्थापन विषय अध्ययन गर्न चाहाने विद्यार्थीका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक पूर्वाधार तथा दक्ष, अनुभवी एवं पूर्णकालीन प्राध्यापकसँगै उत्कृष्ट वातावरण रहेको विद्यालयले जनाएको छ । विद्यालयका उपप्राचार्य बालकृष्ण भण्डारीको स्वागत तथा शिक्षक प्रकाश गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ८ : २५ बजे

अख्तियारद्वारा भरतपुरका तत्कालीन वरिष्ठ इञ्जिनियर आचार्यविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ

संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन : सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका

स्वास्थ्य बीमाको जिम्मेवार प्रयोग गर्न स्वास्थ्य बीमा बोर्डको सार्वजनिक अपिल

काठमाडौँ । सरकारले सञ्चालन गर्दै आएको सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको महत्त्वपूर्ण

घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य