२० मंसिर २०८२, शनिबार | December 6, 2025

एसिसी पुरुष यु-१६ : मलेसियाले नेपाललाई दियो ९१ रनको लक्ष्य



काठमाडौं । एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले मलेसियालाई ९० रनमा रोकेको छ ।

क्वालालम्पुरस्थित सेलान्गोर टर्फ क्लबको मैदानमा टस जितेर सुरुमा बलिङ गरेको नेपालल मलेसियालाई ४३.१ ओभरमा अलआउट गर्दै ९० रनमा रोकेको हो । ९१ रनको चुनौती पाएको नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्ने छ ।

मलेसियाका लागि मुहम्मद फतुल मुइनले सर्वाधि ३८ रन बनाउँदा डिज प्याट्रो १० रन थपे । उसका लागि अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि अभय यादवले चार विकेट हात पारे । १० ओभर बलिङ गर्दा १५ रन दिएर चार विकेट हात पारेका हुन् । शुभम खनालले तीन विकेट हात पारे । १० ओभर बलिङ गर्दा चार मेडन राख्दै १२ रन खर्चिएर तीन विकेट हात पारेका हुन् । नेपालका लागि कप्तान विपिन शर्मा र सचिन भट्टले एकएक विकेट हात पारे ।

समूह चरणमा अपराजित रहँदै समूह ‘ए’को विजेता बनेको नेपाल उपाधि दाबेदार टिम हो । समूह चरणको पहिलो र दोस्रो खेलमा क्रमशः सिंगापुर र जापानविरुद्ध ६ र नौ विकेटको जित निकालेको नेपालले तेस्रो खेलमा इन्डोनेसियामाथि ३७० र अन्तिम खेलमा भुटानविरुद्ध २९८ रनको शानदार जित निकालेको थियो ।

दोस्रो सेमिफाइनलमा आजै हङकङ र सिंगापुर भिड्दै छन् । हङकङ समूह ‘बी’को विजेता हो भने सिंगापुर समूह ‘ए’को उपविजेता हो ।

सेमिफाइनलमा विजयी टिमले फाइनलमा प्रतिस्पर्धा गर्दा पराजित टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रयोगिताको फाइनल असार २१ गते मलेसियामा हुँदैछ ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  १० : ३८ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले