१ पुस २०८२, मंगलबार | December 16, 2025

रुपन्देही-३ मा राप्रपाको उपनिर्वाचन कमाण्डर ध्रुवबहादुर प्रधान



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते तय भएको उपनिर्वाचनका लागि तयारी सुरु गरेको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले सो उपनिर्वाचनको कमाण्डरमा पार्टीका वरिष्ठ नेता धु्रवबहादुर प्रधानलाई चयन गरेको छ । प्रधानको संयोजकत्वमा उपनिर्वाचन परिचालन समिति गठन गरिएको छ। उक्त समितिमा केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदय, सह–महामन्त्री ताहिर अली, रुपन्देही जिल्लाबाट प्रतिनिधित्व गर्ने कार्यसम्पादन समितिका सदस्यहरू, केन्द्रीय कार्यसमितिका अन्य सदस्यहरू तथा आमन्त्रित सदस्यहरू समेत रहेका छन्।

पार्टीले उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ। असार मसान्तभित्र सम्भावित उम्मेदवारहरूको नामावली केन्द्रमा पठाउन निर्देशन दिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। साथै, निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढाउन रुपन्देही जिल्ला कार्यसमितिलाई आवश्यक निर्देशन दिइएको छ।

बैठकमा पार्टीको महाधिवेशनको विषयमा पनि छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। उनका अनुसार, पार्टीको विभिन्न तहको अधिवेशन समयमा हुन नसकेकोले विधान अनुसार आवश्यक तयारी गर्न केन्द्रीय निर्वाचन समितिलाई अनुरोध गरिएको छ। आगामी असोज मसान्तसम्म सबै जिल्ला, स्थानीय तथा प्रदेश तहमा अधिवेशन सम्पन्न गर्ने वातावरण निर्माण गर्न निर्देशन दिइएको छ।

त्यस्तै, पार्टी प्रवेश अभियान, सक्रिय सदस्यता वितरण, जिल्ला अधिवेशन र आन्दोलन कार्यक्रमलाई प्रभावकारी बनाउन केन्द्रीय पर्यवेक्षक खटाउने निर्णयसमेत गरिएको छ।

राप्रपाले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ। प्रारम्भिक चरणमा भ्रष्टाचारसँग सम्बन्धित विषयहरू उठाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाइनेछ। यस अभियानको विस्तृत कार्ययोजना पार्टी सचिवालयमार्फत तयार पारिने जनाइएको छ।

यसैगरी, भिजिट भिसा प्रकरण तथा निजामती विधेयकमा देखिएका अनियमितताबारे संसदीय छानबिन समिति गठन हुनु पर्ने राप्रपाको स्पष्ट धारणा रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ४ : १२ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष