२४ भदौ २०८३, बुधबार | September 9, 2026

रुपन्देही-३ मा राप्रपाको उपनिर्वाचन कमाण्डर ध्रुवबहादुर प्रधान



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते तय भएको उपनिर्वाचनका लागि तयारी सुरु गरेको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले सो उपनिर्वाचनको कमाण्डरमा पार्टीका वरिष्ठ नेता धु्रवबहादुर प्रधानलाई चयन गरेको छ । प्रधानको संयोजकत्वमा उपनिर्वाचन परिचालन समिति गठन गरिएको छ। उक्त समितिमा केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदय, सह–महामन्त्री ताहिर अली, रुपन्देही जिल्लाबाट प्रतिनिधित्व गर्ने कार्यसम्पादन समितिका सदस्यहरू, केन्द्रीय कार्यसमितिका अन्य सदस्यहरू तथा आमन्त्रित सदस्यहरू समेत रहेका छन्।

पार्टीले उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ। असार मसान्तभित्र सम्भावित उम्मेदवारहरूको नामावली केन्द्रमा पठाउन निर्देशन दिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। साथै, निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढाउन रुपन्देही जिल्ला कार्यसमितिलाई आवश्यक निर्देशन दिइएको छ।

बैठकमा पार्टीको महाधिवेशनको विषयमा पनि छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। उनका अनुसार, पार्टीको विभिन्न तहको अधिवेशन समयमा हुन नसकेकोले विधान अनुसार आवश्यक तयारी गर्न केन्द्रीय निर्वाचन समितिलाई अनुरोध गरिएको छ। आगामी असोज मसान्तसम्म सबै जिल्ला, स्थानीय तथा प्रदेश तहमा अधिवेशन सम्पन्न गर्ने वातावरण निर्माण गर्न निर्देशन दिइएको छ।

त्यस्तै, पार्टी प्रवेश अभियान, सक्रिय सदस्यता वितरण, जिल्ला अधिवेशन र आन्दोलन कार्यक्रमलाई प्रभावकारी बनाउन केन्द्रीय पर्यवेक्षक खटाउने निर्णयसमेत गरिएको छ।

राप्रपाले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ। प्रारम्भिक चरणमा भ्रष्टाचारसँग सम्बन्धित विषयहरू उठाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाइनेछ। यस अभियानको विस्तृत कार्ययोजना पार्टी सचिवालयमार्फत तयार पारिने जनाइएको छ।

यसैगरी, भिजिट भिसा प्रकरण तथा निजामती विधेयकमा देखिएका अनियमितताबारे संसदीय छानबिन समिति गठन हुनु पर्ने राप्रपाको स्पष्ट धारणा रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ४ : १२ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ः००

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौँ । शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा

मोदी खोलामा बजेको खतराको घण्टी !

पोखरा । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको