२९ मंसिर २०८२, सोमबार | December 15, 2025

खजुरालाई फलफूलको हब बनाउन बिद्यालयमा फलफूलको बिरुवा वितरण



नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकालाई फलफूलको हबको रुपमा विकास गर्ने उद्देश्यका साथ यस वर्षपनि खजुरा गाउँपालिकाका विभिन्न बिद्यालयमा फलफूलका बिरुवा वितरण गरिएको छ । खजुरा गाउँपालिका वातावरण शाखामार्फत गाउँपालिकाभित्रका बिद्यालयहरुमा फलफूलका बिरुवा वितरण गरिएको हो ।

हरेक वषै जस्तै पालिकाले यसवर्ष पनि फलफूलका बिरुवा वितरण गर्ने गरी काम शुरु गरेको गाउँपालिकाले जनाएको छ । आज मात्रै बिभिन्न बिद्यालयहरुलाई आँप, लिची, अम्वा, कागती र अनारका बिरुवा गरी ६ हजार बिरुवा वितरण गरेको खजुरा गाउँपालिका वातावरण शाखा प्रमुख नेत्रलाल महतराले जानकारी दिए ।

खजुराका जनता नमुना मावि, आदर्श मावि र योगिनी माविमा बिरुवा वितरण भइसकेको र अन्य बिद्यालयहरुमा समेत वितरण गरिने उनले जनाए । आज जनता नमुना मावि खजुराका बालिकाहरुलाई आँप ७३, लिची १८, अम्वा ४०, कागती ५० र अनार १८ गरी १९९ फलफुलका बिरुवा वितरण गरिएको छ ।

पालिकाका अनुसार ५२ जना वालिकाहरुलाई ५२ वटा फलफूलका बिरुवा बितरण गरिएको छ भने बाँकी बिरुवाहरु बिद्यालयमा रोपिएको श्री जनता नमुना माविका प्रधानाध्यापक महेन्द्र खत्रीले बताए ।

बालिकाहरुलाई बिरुवा वितरण कार्यक्रममा बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष केहर सिंह थापा, प्रधानाध्यापक खत्री, बास नेपालका हेमराज भट्ट र जमुना चौधरीलगायतको उपस्थिती रहेको थियो । विरुवा पाएपछि घरमा गएर रोप्ने र उचित संरक्षण गर्ने बालिकाहरुले प्रतिबद्धता ब्यक्त गरे ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ९ : ०९ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको