११ चैत्र २०८२, बुधबार | March 25, 2026

रसुवा बाढी अपडेट : रसुवागढीमा सात जनाको मृत्यु, ५५ को उद्दार



काठमाडौं । तिब्बतमा आएको अबिरल बर्षाको कारण रसुवागढीमा आएको बाढीमा परेर सात जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले अहिलेसम्म ५५ जनाको उद्दार गरिएको र सात जना मृत फेला परेका जनाएको हो। वेपत्ता हुनेको संख्या १८ जना पुगेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान करिव ३ बजे तिब्बतमा परेको अबिरल बर्षाको कारण भारी मात्रामा बाढी आइ रसुवाको गोसाइकुण्ड गाउपालिका वडा नम्बर २ स्थित रसुवागढीमा साढे ११ बजेसम्म तीन जना प्रहरी कर्मचारी, ६ जना चिनिया नागरिक र ९ जना सर्वसाधारण वेपत्ता रहेको नेपाल प्रहरीले जनाएको हो ।

गोसाइकुण्ड गाउँपालिका १, २ र ३ आमाछोदिङमो गाउँपालिका १, २, ४ र ५ उत्तरगया गाउँपालिका २, ४, ५ कालिका गाउँपालिका एक प्रभावित भएको प्रहरीले जनाएको छ ।

हालसम्म नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको छ भने चार्जिङ स्टेसनमा क्षति भएको जनाएको छ । त्यस्तै ७/८ वटा इभी गाडिहरू बगाएको, भन्सार कार्यालय रसुवाको यार्ड, रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको छ ।

हाल रसुवा गोसाइकुण्ड गाउपालिका-५ पासाङल्हामु सडकखण्ड स्थितमा बाढीको कारण सडक चर्किन जाँदा धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ५ : ३१ बजे

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित

नेपाली बजारमा ‘एथर रिज्टा एस’ आउँदै, ३ लाखभित्र मूल्य हुने संकेत

बुटवल । वैद्य इनर्जी प्रालिले नेपालका लागि एथरको नयाँ इलेक्ट्रिक

चितवनमा चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन । चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित

उदाउँदो सूर्यलाई अर्घ दिँदै वासन्ती छठ सम्पन्न

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई

बुटवलमा फोहोरबाट व्लक इँटा उत्पादन सुरु

बुटवल । देशभर फोहोर व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला बुटवल