८ बैशाख २०८३, मंगलबार | April 22, 2026

रसुवामा उद्दारमा गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा ‘फोर्स ल्याण्डिङ’



काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीपछि उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चीनतर्फ प्रवेश गरेपछि चिनिया सुरक्षाकर्मीले फोर्स ल्याण्डिङ गर्न बाध्य बनाएका छन् ।

पूर्वस्वीकृति नलिइ चिनियाँ आकाशमा उडाइएको भन्दै चिनियाँ सुरक्षा अधिकारीहरूले हेलिकोप्टरलाई रसुवागढी पारिको चिनियाँ भूभागमै ‘फोर्स ल्याण्डिङ’ गराएका हुन्।

यद्यपी नेपाली सेनाका अधिकारीहरूले भने प्राविधिक कारणले हेलिकोप्टर चिनिया भूमिमा अवतरण गरिएको र चाँडै फर्किने बताएका छन्।

बाढीबाट प्रभावित भई चीनतर्फ अड्किएका करिब १५० जना नेपाली नागरिकको उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणका लागि सेनाको हेलिकोप्टर परिचालन गरिएको थियो।

तर, पूर्वअनुमति नलिइकन चिनियाँ हवाई क्षेत्र प्रयोग गरिएको भन्दै चिनियाँ पक्षले आपत्ति जनाउँदै हेलिकोप्टरलाई अवतरण गराएको जनाइएको छ।

यस विषयमा नेपाल पक्षले गृह मन्त्रालय, रक्षा मन्त्रालय तथा परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको स्थानीय प्रशासनले जनाएको छ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ८ : १४ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. विष्णु गौतम नियुक्त

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुर । ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा

रोल्पाको थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ हुने

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पा कला साहित्य

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति