काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीपछि उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चीनतर्फ प्रवेश गरेपछि चिनिया सुरक्षाकर्मीले फोर्स ल्याण्डिङ गर्न बाध्य बनाएका छन् ।
पूर्वस्वीकृति नलिइ चिनियाँ आकाशमा उडाइएको भन्दै चिनियाँ सुरक्षा अधिकारीहरूले हेलिकोप्टरलाई रसुवागढी पारिको चिनियाँ भूभागमै ‘फोर्स ल्याण्डिङ’ गराएका हुन्।
यद्यपी नेपाली सेनाका अधिकारीहरूले भने प्राविधिक कारणले हेलिकोप्टर चिनिया भूमिमा अवतरण गरिएको र चाँडै फर्किने बताएका छन्।
बाढीबाट प्रभावित भई चीनतर्फ अड्किएका करिब १५० जना नेपाली नागरिकको उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणका लागि सेनाको हेलिकोप्टर परिचालन गरिएको थियो।
तर, पूर्वअनुमति नलिइकन चिनियाँ हवाई क्षेत्र प्रयोग गरिएको भन्दै चिनियाँ पक्षले आपत्ति जनाउँदै हेलिकोप्टरलाई अवतरण गराएको जनाइएको छ।
यस विषयमा नेपाल पक्षले गृह मन्त्रालय, रक्षा मन्त्रालय तथा परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको स्थानीय प्रशासनले जनाएको छ।


















प्रतिक्रिया