२९ मंसिर २०८२, सोमबार | December 15, 2025

‘ल्हेन्दे खोलामा बाढीको कारण पत्ता लगाउन समस्या’



काठमाडौं । चीन तथा नेपालको उच्च हिमाली क्षेत्रमा अझै पनि बादल रहिरहेका कारणले रसुवामा आएको भोटेकोसी बाढीका कारण पत्ता लगाउन समस्या देखिएको छ । जल तथा मौसम विज्ञान विभागले बादलका कारण भू-उपग्रहको सहायताबाट तस्बिर लिन खोज्दा स्पष्ट नभएकाले बाढीका कारण पत्ता लगाउन नसकिएको बताएको छ ।

विभागका अनुसार नेपाल र चीनको भू-भागमा भारी वर्षा नभए पनि रसुवास्थित नेपाल-चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको हो । सोमबारदेखि मङ्गलबार २४ घण्टाको अवधिमा नेपाल-चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्याञ्जिङ मौसमी केन्द्र र रसुवास्थित धुञ्चे मौसमी केन्द्रमा फाट्टफुट्ट मात्र वर्षा मापन भएको विभागले जानकारी दिएको छ ।

विभागका बाढीविद् विनोद पराजुलीले चीन तथा नेपालको भू-भागमा रहेको कुनै पनि हिमताल फुटेको हुनसक्ने वा हिउँको ढिक्का खोलामा बसेर थुनिएको र पछि फुटेको हुनसक्ने आशङ्का रहेको बताए । “भारी वर्षाका कारण बाढी गएको होइन भन्ने पत्ता लाग्यो । अब चाहिँ के कारण गएको भनेर हामीले अध्यायन गरिरहेका छौँ”, उनले भने, “कार्यस्थलमा नै तत्काल गएर अध्ययन गर्न सम्भव नभए पनि भू-उपग्रहको सहायताबाट कारण थाहा पाउन सकिन्थ्यो । तर बादलका कारण अझै समस्या देखिएको छ ।”

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले पनि बादलका कारण उपग्रह विश्लेषणमा अवरोध पुगेको जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ४ : ०३ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष