२१ भदौ २०८३, आइतबार | September 6, 2026

मुख्यमन्त्री आचार्यद्वारा एनटिभी कोहलपुरको निरीक्षण



कोहलपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एनटिभी कोहलपुरको निरीक्षण गरेका छन् । बिहीवार बाँकेको कोहलपुर आईपुगेका मुख्यमन्त्री आचार्यले सो अवसरमा कार्यालयको कार्यप्रणाली, पूर्वाधार तथा प्रसारण संयन्त्रबारे जानकारी लिएका हुन् ।

मुख्यमन्त्री आचार्यलाई एनटिभी कोहलपुरका प्रमुख निराजन खनालसहितको टोलीले स्वागत गरेको थियो ।

निरीक्षणका क्रममा मुख्यमन्त्री आचार्यले सूचना प्रविधिको तीव्र विकाससँगै देखिएका विकृति र विसङ्गतिहरूको अन्त्यका लागि तथ्यमा आधारित, निष्पक्ष र सन्तुलित समाचार सम्प्रेषण अहिलेको प्रमुख आवश्यकता रहेको उल्लेख गरे ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकार मिडिया क्षेत्रसँग सहकार्य गरेर सरकारी सेवाहरूलाई अझ बढी पहुँचयुक्त र प्रभावकारी बनाउन प्रयत्नशील रहेको जानकारी पनि दिए ।

निरीक्षणमा मुख्यमन्त्री आचार्यसँगै आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवाल, प्रदेश सभा सदस्य वसन्ती न्यौपानेलगायत अधिकारीहरूको उपस्थिति रहेको थियो ।

एनटिभी कोहलपुरका प्रमुख खनालले सञ्चारगृहको वर्तमान अवस्था, उपलब्ध साधन(स्रोत, सामग्री उत्पादन र प्रसारणको अवस्था बारेमा जानकारी गराउँदै प्रदेशस्तरीय सूचना सम्प्रेषणलाई प्रभावकारी बनाउने दिशामा थप लगानी र सहकार्य आवश्यक रहेको धारणा राखे ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  १ : १० बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त