३ पुस २०८२, बिहिबार | December 18, 2025

आजको मौसम : यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना



काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाका अनुसार देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ६ : २५ बजे

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत