५ माघ २०८२, सोमबार | January 19, 2026

छाउगोठमा सुतेकी महिलाको सर्पले डसेर मृत्यु



कैलाली । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठमा सुतेकी एक महिलाको सर्पदंशका कारण ज्यान गएको छ।

मृत्यु हुनेमा कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीका अनुसार महिनावारी भएका बेला छाउगोठमा बस्न गएकी कमलालाई सुतिरहेकै अवस्थामा बाँया गालामा सर्पले टोकेको थियो। अवस्था गम्भीर भएपछि उनलाई सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो। तर, उपचारकै क्रममा शनिबार साँझ करिब ८ बजे उनको मृत्यु भएको हो।

सर्पदंशको घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको जनाउँदै प्रहरीले घटनाको विस्तृत विवरण संकलन भइरेको जनाएको छ ।

कृष्णपुर नगर प्रमुख हेमराज ओझाले कमला आउजीलाई महिनावारीका कारण छाउगोठमा सुतिरहेका बेला सर्पले टोकेको पुष्टि गरेका छन्।

छाउपडी प्रथा अन्तर्गत महिलाहरू महिनावारीका बेला घरबाट अलग राखिन्छन्, जुन अवस्था उनीहरूको स्वास्थ्य र सुरक्षाका लागि जोखिमपूर्ण बन्ने गरेको छ। एकातिर सर्पजस्ता विषालु जनावरको खतरा हुन्छ भने अर्कातिर यस्ता स्थानहरूमा यौन दुर्व्यवहारका घटना समेत हुनेगरेका छन् ।

सर्पदंशबाट भएको यस दुःखद घटनाले पुनः एकपटक छाउपडी प्रथाविरुद्ध दृढ र प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।

 

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ९ : ४१ बजे

उम्मेदवारी दर्ता गर्न प्रचण्ड रुकुमपूर्वमा

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

बालेनसँग भेटेपछि अब देश बन्छ भन्ने विश्वास जाग्यो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

जनकपुरबाट मैथिलीमा बालेनको अपिल : मलाई काम गर्न दिनुस्

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीमा कोरियाग्राफी गराएका

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

पोखरा । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले पोखराबाट पक्राउ गरेको

भूराजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट उम्मेदबार बनेँ : बाबुराम

गोरखा । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले व्यक्तिगत महत्वाकाङ्क्षाभन्दा पनि राष्ट्रिय