७ आश्विन २०८३, बुधबार | September 23, 2026

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीले सामाजिक सञ्जाल लेखेका छन्, “आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती । आदिकवि, जसले नेपाली मनमा रामायण रोपेर जानुभयो, नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो । नेपाली भाषामा आदिलेखन थालनी गर्नुभएका भानुभक्तप्रति नमन, स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना ।”

आज देशभरि नै आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ ।

 

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ९ : ५७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११