३० असार २०८३, मंगलबार | July 14, 2026

स्पेन प्रकरणबारे छानबिन गर्न सीआईबीका एसएसपीको नेतृत्वमा समिति गठन



काठमाडौं । स्पेनमा मानव तस्करी प्रकरणबारे छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छानबिन समिति गठन गरेको छ।

सीआईबीका एसएसपी होविन्द्र बोगटीले नेतृत्व गर्ने समितिमा मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक एसपी रुगम कुँवरसहित ६ जना सदस्य समावेश छन्।

स्पेनको सेभिलामा सम्पन्न संयुक्त राष्ट्रसंघीय सम्मेलनमा असम्बन्धित व्यक्तिहरूलाई सहभागी गराएर विदेश पठाइएको भन्ने आरोपसँग सम्बन्धित घटनाबारे छानबिन गर्न समिति गठन भएको हो ।

प्रकरणको छानबिन गर्नुपर्ने व्यापक दबाब बढेपछि गृहमन्त्री रमेश लेखकले हिजो गृहमन्त्रालय र प्रहरीका वरिष्ठ अफिसरहरुलाई छानबिन समिति गठन गर्न निर्देशन दिएका थिए ।

समितिले सञ्चारमाध्यममा आएका विवरणको अध्ययन अनुसन्धान गर्ने, स्पेन पठाउन रकम लिइएको भन्ने दाबीमाथि सत्यतथ्य पत्ता लगाउने जिम्मेवारी पाएको छ ।

 

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  २ : २३ बजे

सञ्चारगृह अगाडि गाडी तेर्स्याएर त्रास फैलाउने प्रयास निन्दनीय : रास्वपा सचेतक परियार

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद

नेपालगन्ज । बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ

विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल माग

काठमाडौं । विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल

भारत-नेपाल सीमाबाट ‘शंकास्पद’ अमेरिकी नागरिक पक्राउ

बुटवल । भारतको उत्तर प्रदेशस्थित महाराजगञ्ज जिल्लाको भारत–नेपाल सीमाबाट एक

राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता