२९ मंसिर २०८२, सोमबार | December 16, 2025

कान्ति मावि बुटवलको अध्यक्षमा जीवन वझा चयन



बुटवल । कान्ति माध्यमिक विद्यालय बुटवलको व्यवस्थापन समितिको अध्यक्षमा स्थानीय समाजसेवी जीवन प्रसाद वझा चयन भएका छन्। नव निर्वाचित सदस्य रामकृष्ण शर्माको अध्यक्षतामा बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले वझालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।

यसअघि बसेको पहिलो चरणको बैठकले जीवन प्रसाद वझा र संगिता अधिकारीलाई व्यवस्थापन समितिमा मनोनित गरेको थियो। दोस्रो चरणको बैठकमा वझालाई अध्यक्ष बनाउन प्रस्ताव पारित भएको हो।

वझा बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन्। उनी विभिन्न सामाजिक संघसंस्था तथा सामुदायिक विद्यालयहरूमा समेत सक्रिय योगदान पुर्याउँदै आएका एक प्रतिष्ठित व्यक्तित्व मानिन्छन्। अध्यक्षमा निर्विरोध चयन भएपछि वझाले विद्यालयलाई देशकै उत्कृष्ट माध्यमिक विद्यालयका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे।

गत वर्षदेखि अध्यक्ष चयन प्रक्रियामा प्रमुख दल कांग्रेस र एमालेबीचको खिचातानीका कारण सहमति जुट्न सकेको थिएन। सहमतिको प्रयास विफल भएपछि असार २१ गते विद्यालय व्यवस्थापन समितिका चार सदस्य चयनका लागि निर्वाचन भएको थियो। उक्त निर्वाचनमा लामो समयदेखि कान्तिमा नेतृत्व गर्दै आएको एमालेको प्यानललाई पराष्ट गर्दै कांग्रेससहित केहि साना दलहरुको गठबन्धनबाट रामकृष्ण शर्मा, मित्र गिरि, संगिता पोखरेल र कमला पन्थी विजयी भएका थिए।

करिब ६ हजार विद्यार्थी अध्ययनरत यो विद्यालय देशकै उत्कृष्ट सामुदायिक विद्यालयहरूमध्येमा गनिन्छ। यसैबीच व्यवस्थापन समितिमा आउने शिक्षक प्रतिनिधि छनौटको प्रक्रियामा रहेको र दुई तीन दिनभित्र अभिभावक समितिलाई पनि पुर्णता दिने तयारी भएको व्यवस्थापन समिति सदस्य रामकृष्ण शर्माले बताए ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ५ : ५८ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको