१ पुस २०८२, मंगलबार | December 16, 2025

२ बजे सुरु भएको एमाले सचिवालय बैठक जारी



काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक जारी रहेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा दिउँसो पौने दुई बजेदेखि बैठक सुरु भएको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठकमा दोस्रो विधान महाधिवेशनको तयारीको सन्र्दभमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनबारे सचिवालयका सदस्यहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । विधान महाधिवेशनका लागि प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रतिवेदनमाथि सचिवालयका सवै सदस्यले आ–आफ्नो धारणा राखिरहेका छन् ।

सचिव योगेश भट्टराईका अनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीले सम्मानजनक रुपमा व्यवस्थापन गर्ने जानकारी दिए । शुक्रबार पार्टीको पोलिटव्युरो बैठक बस्ने भएकाले विधान महाधिवेशनको तयारीका सन्दर्भका छलफल भइरहेको उनले बताए ।

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने तय भएको छ । एमालेले महाधिवेशनका लागि तयारी गर्न यही साउन २ गते पोलिटब्युरो तथा साउन ५ गते बस्नेगरि केन्द्रीय कमिटी बैठक डाकेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  ९ : ३६ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष