१३ बैशाख २०८३, आइतबार | April 26, 2026

२ बजे सुरु भएको एमाले सचिवालय बैठक जारी



काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक जारी रहेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा दिउँसो पौने दुई बजेदेखि बैठक सुरु भएको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठकमा दोस्रो विधान महाधिवेशनको तयारीको सन्र्दभमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनबारे सचिवालयका सदस्यहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । विधान महाधिवेशनका लागि प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रतिवेदनमाथि सचिवालयका सवै सदस्यले आ–आफ्नो धारणा राखिरहेका छन् ।

सचिव योगेश भट्टराईका अनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीले सम्मानजनक रुपमा व्यवस्थापन गर्ने जानकारी दिए । शुक्रबार पार्टीको पोलिटव्युरो बैठक बस्ने भएकाले विधान महाधिवेशनको तयारीका सन्दर्भका छलफल भइरहेको उनले बताए ।

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने तय भएको छ । एमालेले महाधिवेशनका लागि तयारी गर्न यही साउन २ गते पोलिटब्युरो तथा साउन ५ गते बस्नेगरि केन्द्रीय कमिटी बैठक डाकेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  ९ : ३६ बजे

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

झापा । पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक

गैरीगाउँ-सिनामङ्गलमा घरटहरा हटाउने कार्य निरन्तर

काठमाडौं । काठमाडौं महानगरपालिका-९ अन्तर्गत गैरीगाउँ-सिनामङ्गल क्षेत्रमा अतिक्रमण गरी निर्माण

बुटवलको ट्राफिकचोकमा कुसुम अर्गानिक कोशेली घर सञ्चालन

बुटवल । पहाडका अर्गानिक उत्पादन शहरबासीलाई खुवाउने उद्देश्यसहित बुटवलको ट्राफिकचोकमा

उपभोक्ता सचेतना तथा अभिमुखीकरण कार्यक्रम

बुटवल । उपभोक्ता हित संरक्षण मञ्च, रुपन्देहीको आयोजनामा आइतबार बुटवलमा

सुकुम्बासी बस्तीका घरपालुवा तथा बेवारिसे जनावरको संरक्षणमा संघसंस्थाको सक्रियता

काठमाडौं । सुकुम्बासी बस्तीमा रहेका घरपालुवा तथा बेवारिसे जनावरहरूको संरक्षण