६ श्रावण २०८३, बुधबार | July 22, 2026

खजुराको आयुर्वेदशाखाबाट गत आवमा २१ हजार २ सय १८ नागरिकलाई सेवा प्रदान



नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका अन्तरर्गत रहेको नागरिक आरोग्य सेवा केन्द्र (आयुर्वेद शाखाबाट) गत आवमा २१ हजार बढिले सेवा प्राप्त गरेका छन । नागरिक आरोग्य केन्द्रबाट आर्थिक वर्ष २०८१÷०८२ को अन्त्यसम्म २१ हजार २ सय १८ जनाले सेवा लिएका हुन् ।

पछिल्ला दिनमा खजुरा क्षेत्रमा आयुर्वेद तिर अधिकको आर्कषण बढ्दै गएको आयुर्वेद शाखा प्रमुख किरण खनालले बताए । आयुर्वेद शाखाले एक वर्ष भित्र शाखा मार्फत विरामीको स्वास्थ्य परिक्षण ७ हजार ५ सय २१ जनाको गरेको उनले बताए । १२ सय ३ जना जेष्ठ नागरिकलाई सेवा प्रदान गरिएको उल्लेख गर्दै उनले ६ महिना भित्रका २८४ सुत्केरी आमाहरुलाई दुग्ध वर्धक औषधी वितरण गरिएको जानकारी दिए ।

उनका अनुसार आयुर्वेद शाखाबाट १ हजार ९ सय २५ लाई पुर्वकर्म, पंचकर्म थेरापी सेवा प्रदान गरिएको छ । योग सेवा अन्तर्गत ३ हजार ६ सय २८ ले शाखामा आएर सेवा लिएका छन । आयुर्वेद, स्वास्थ्य जिवनशैली अन्तर्गत १६ सय ९६ जनाले सेवा पाएका छन् ।

स्थानीय स्तरमा पाइने जडिबुटी तथा योगा शिक्षा कार्यक्रम विद्यालयहरुमा संचालन गरिएको शाखा प्रमुख खनालले जानकारी दिए । शाखाले ०८१ ÷०८२ मै लागु औषध दुव्र्यसनी रोकथाम, स्वास्थ्य जिवनशैलि तथा आत्महत्या न्यूनिकरण अभियान विद्यालयस्तरमा संचालन गरिएको जनाएको छ । जसमा २ हजार ५४८ जना विद्यार्थिहरुले सहभागिता रहेका थिए । स्वास्थ्य जिवनशैलि मार्फत शाखाले १५ सय जनालाई सेवा प्रदान गरेको सार्वजनिक गरिएको तथ्यांकमा उल्लेख छ ।

शाखाले ५७८ जनाको निशुल्क रुपमा सुगर परिक्षण समेत गरेको छ । आयुर्वेद स्वास्थ्यजिवनशैली, योग शिक्षा तालिम २८ जना शिक्षकहरुलाई प्रदान गरिएको थियो । विद्यार्थि र अभिभावक माझमा सहजै पुग्ने भएकाले शिक्षकलाई तालिम दिइएको खनालले बताए । गृहणी, महिला स्वास्थ्य स्वंय सेविकाहरुलाई भान्सा सुधार कार्यक्रम संचालन गरिएको छ । उक्त तालिमबाट ४० जना स्वंय सेविकाहरुलाई पोषणयुक्त भान्सा निर्माणको लागी सिकाई प्रदान गरिएको शाखा प्रमुख खनालले जनाए । नसर्ने रोग न्यूनिकरण अभियान समेत नागरिक आरोग्य सेवा केन्द्रले संचालन गर्यो । नसर्ने रोग न्यूनिकरण अभियान अन्तर्गत २६७ जनालाई सेवा प्रदान गरिएको शाखा प्रमुख खनालले जानकारी दिए ।

शाखा प्रमुख खनालका अनुसार सेवाबाट लाभान्वित भएका धेरै बिरामीहरूले प्राकृतिक उपचार विधिप्रति भरोसा बढेको बताएका छन । विशेष गरी जेष्ठ नागरिक, सुत्केरी महिला र दीर्घरोगीहरूका लागि सेवा उपयोगी देखिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  १० : ४५ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना