१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

खजुराको आयुर्वेदशाखाबाट गत आवमा २१ हजार २ सय १८ नागरिकलाई सेवा प्रदान



नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका अन्तरर्गत रहेको नागरिक आरोग्य सेवा केन्द्र (आयुर्वेद शाखाबाट) गत आवमा २१ हजार बढिले सेवा प्राप्त गरेका छन । नागरिक आरोग्य केन्द्रबाट आर्थिक वर्ष २०८१÷०८२ को अन्त्यसम्म २१ हजार २ सय १८ जनाले सेवा लिएका हुन् ।

पछिल्ला दिनमा खजुरा क्षेत्रमा आयुर्वेद तिर अधिकको आर्कषण बढ्दै गएको आयुर्वेद शाखा प्रमुख किरण खनालले बताए । आयुर्वेद शाखाले एक वर्ष भित्र शाखा मार्फत विरामीको स्वास्थ्य परिक्षण ७ हजार ५ सय २१ जनाको गरेको उनले बताए । १२ सय ३ जना जेष्ठ नागरिकलाई सेवा प्रदान गरिएको उल्लेख गर्दै उनले ६ महिना भित्रका २८४ सुत्केरी आमाहरुलाई दुग्ध वर्धक औषधी वितरण गरिएको जानकारी दिए ।

उनका अनुसार आयुर्वेद शाखाबाट १ हजार ९ सय २५ लाई पुर्वकर्म, पंचकर्म थेरापी सेवा प्रदान गरिएको छ । योग सेवा अन्तर्गत ३ हजार ६ सय २८ ले शाखामा आएर सेवा लिएका छन । आयुर्वेद, स्वास्थ्य जिवनशैली अन्तर्गत १६ सय ९६ जनाले सेवा पाएका छन् ।

स्थानीय स्तरमा पाइने जडिबुटी तथा योगा शिक्षा कार्यक्रम विद्यालयहरुमा संचालन गरिएको शाखा प्रमुख खनालले जानकारी दिए । शाखाले ०८१ ÷०८२ मै लागु औषध दुव्र्यसनी रोकथाम, स्वास्थ्य जिवनशैलि तथा आत्महत्या न्यूनिकरण अभियान विद्यालयस्तरमा संचालन गरिएको जनाएको छ । जसमा २ हजार ५४८ जना विद्यार्थिहरुले सहभागिता रहेका थिए । स्वास्थ्य जिवनशैलि मार्फत शाखाले १५ सय जनालाई सेवा प्रदान गरेको सार्वजनिक गरिएको तथ्यांकमा उल्लेख छ ।

शाखाले ५७८ जनाको निशुल्क रुपमा सुगर परिक्षण समेत गरेको छ । आयुर्वेद स्वास्थ्यजिवनशैली, योग शिक्षा तालिम २८ जना शिक्षकहरुलाई प्रदान गरिएको थियो । विद्यार्थि र अभिभावक माझमा सहजै पुग्ने भएकाले शिक्षकलाई तालिम दिइएको खनालले बताए । गृहणी, महिला स्वास्थ्य स्वंय सेविकाहरुलाई भान्सा सुधार कार्यक्रम संचालन गरिएको छ । उक्त तालिमबाट ४० जना स्वंय सेविकाहरुलाई पोषणयुक्त भान्सा निर्माणको लागी सिकाई प्रदान गरिएको शाखा प्रमुख खनालले जनाए । नसर्ने रोग न्यूनिकरण अभियान समेत नागरिक आरोग्य सेवा केन्द्रले संचालन गर्यो । नसर्ने रोग न्यूनिकरण अभियान अन्तर्गत २६७ जनालाई सेवा प्रदान गरिएको शाखा प्रमुख खनालले जानकारी दिए ।

शाखा प्रमुख खनालका अनुसार सेवाबाट लाभान्वित भएका धेरै बिरामीहरूले प्राकृतिक उपचार विधिप्रति भरोसा बढेको बताएका छन । विशेष गरी जेष्ठ नागरिक, सुत्केरी महिला र दीर्घरोगीहरूका लागि सेवा उपयोगी देखिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  १० : ४५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा