१६ माघ २०८२, शुक्रबार | January 30, 2026

भ्रष्टाचार काण्डहरुको अनुसन्धान गराउन राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै



काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले आज अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयमा ज्ञापन पत्र बुझाउँदैछ ।

अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा आज दिउॅसो अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुग्ने प्रचार बिभाग प्रमुख मोहन बस्नेतले जानकारी दिए । सो टोली दिउँसो १ः०० बजे टंगाल पुग्नेछ ।

‘राजनीतिक नेतृत्वको संरक्षण र संलग्नता बिना भ्रष्टाचारका ठूला ठूला काण्डहरु सम्भव नै छैन। हामी भ्रष्टाचारका सबै काण्डहरुको शीघ्र अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन, आयोगको ध्यानाकर्षण गराउन र दबाव दिन केन्द्रीय कार्यालय टंगालमा पुग्नेछौं। राप्रपाले भ्रष्टाचार विरुद्ध प्रदर्शन सहित आयोग समक्ष ज्ञापनपत्र पेश गर्नेछ,’ उनले भने । उनका अनुसार गत असार १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राप्रपाले भ्रष्टाचार विरुद्ध देशव्यापी अभियान सन्चालन गर्ने निर्णय गरेको थियो ।

राप्रपाले अख्तियारको प्रदेश कार्यालयहरु, सम्पत्ति शुद्धीकरण विभाग लगायतका भ्रष्टाचार हेर्ने निकायहरुमा समेत चरणबद्ध रुपमा भ्रष्टाचार विरुद्धको दबावमूलक अभियान सन्चालन गर्नेछ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ८ : ३४ बजे

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी । अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले

आजको मौसम : उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल

आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस

निर्वाचन आउन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र