१९ माघ २०८२, सोमबार | February 2, 2026

बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै



नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै जान थालेका छन् ।

घरायसी कलह, खान तथा लगाउन नदिएको, मानसिक तनाब दिएको लगायतका कारण पति वा पत्नीले अदालत समक्ष सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गर्ने क्रम बढेको उच्च अदालत नेपालगन्ज इजलासका अधिकृत बलबहादुर विष्टले जानकारी दिए ।

उनले छिटफुट रुपमा पतिले सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गर्ने गरेको उल्लेख गर्दै त्यस्ता कम मुद्दामा मात्रै सम्बन्ध बिच्छेदको फैसला हुने गरेको बताए । “श्रीमान (पुरुष)ले पनि म पिडीत भए भनेर मुद्दा दर्ता गर्नुभएको हुन्छ, तर सम्बन्ध बिच्छेद कम भएको हुन्छ”, उनले भने ।

आर्थिक वर्ष २०८१÷८२ मा सम्बन्ध बिच्छेदका ६१ मुद्दा दर्ता भएकामा ५० मुद्दा फस्र्यौट भएका छन् भने ११ मुद्दा बाँकी रहेका छन् । आर्थिक वर्ष २०८०÷८१ मा सम्वन्ध बिच्छेद सम्बन्धी ५९ मुद्दा दर्ता भएकामा ४० मुद्दा फस्र्यौट भएको र १९ मुद्दा बाँकी रहेको उच्च अदालतले जनाएको छ । दर्ता भएका सम्बन्ध बिच्छेदका मुद्दा बाँके जिल्लाका हुन् ।

यसबाहेक जर्बजस्ती करणी १८८ मुद्दा दर्ता भएकामा १४८ मुद्दा फस्र्यौट भएका छन् र त्यसमा ४० मुद्दा बाँकी छन् । लागु औषधतर्फ १८८ मुद्दा दर्ता भएकामा १५१ फस्र्यौट भएका र ३७ मुद्दा बाँकी रहेका छन् ।

मानव बेचविखन तथा ओसारपसारका २९ मुद्दा दर्ता भएकामा २८ फस्र्यौट भएको छ भने एक मुद्दा बाँकी रहेको छ । ज्यान सम्बन्धी कसुरका १९२ मुद्दामा १५५ फस्र्यौट भएका छन् भने ३७ बाँकी रहेका छन् ।

अन्यतर्फ एक हजार ४७८ मुद्र्दा दर्ता भएकामा एक हजार ६३ मुर्दा दर्ता भएका छन् । रिट र निषेधाज्ञाका ५१० मुद्दा दर्ता भएकामा ४०९ फस्र्यौट भएको र १०१ बाँकी रहेका छन् । यी सबै कुल मिलाएर दुई हजार ६४६ मुद्दा दर्ता भएकामा दुई हजार चार मुद्दा फस्र्यौट भएका छन् भने ६४२ मुद्दा बाँकी रहेको अदालतले जनाएको छ ।

वार्षिक मुद्दा फस्र्यौट लक्ष्य एक हजार ६३७ थान रहेकामा कुल दुई हजार चार मुद्दा अर्थात् ३६७ थान मुद्दा बढी फस्र्यौट भएको उच्च अदालतइजलासका मुख्य न्यायाधिस चन्द्रबहादुर सारुले जानकारी दिए । “सिमीत स्रोत र साधनको परिचालनबाट गुणस्तरिय र छिटो छरितो न्याय सम्पादन हाम्रो मुख्य लक्ष्य हो”, उनले भने ।

कतिपय मुद्दा २० दिनमा पनि फस्र्यौट गएिको जानकारी दिँदै उनले मुद्दा सुनुवाइ प्रक्रियालाई गोलाप्रथाबाट गरिएको बताए । एक वर्ष नाघेका मुद्दा शुन्यमा झार्न सफल भएको मुख्य न्यायाधिस सारुको भनाइ छ ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ३ : ५५ बजे

राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक

बढ्दो अतिक्रमण र प्रदूषणले सङ्कटमा सिमसार

काठमाडौं । ‘सिमसार र परम्परागत ज्ञानः सांस्कृतिक सम्पदाको सम्मान’ भन्ने

बागलुङमा मतदाता फकाउन घरदैलोमा उम्मेदवार

बागलुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन

पूर्वमन्त्री जितेन्द्र देवद्वारा नेकपा एमाले परित्याग

काठमाडौं । पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरेका छन्।

सुनको भाउ प्रतितोला १३ हजार ४०० ले घट्यो, ३ दिनमा ५२ हजार ७०० कम

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १३