६ पुस २०८२, आइतबार | December 21, 2025

मेयरको धम्कीपछि रौतहटका पत्रकार प्रजापति घरैमा झुन्डिएको अवस्थामा फेला



रौतहट । रौतहटका पत्रकार रवीन्द्र प्रजापति घरैमा झुन्डिएको अवस्थामा भेटिएका छन् । कटहरिया नगरपालिका-५ निवासी ३० वर्षीय पत्रकार प्रजापति शनिबार साँझ घरमै झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

उनी झुण्डिएको पासो काटेर परिवारले अस्पताल लगे पनि चिकित्सकले मृत घोषित गरेका थिए । इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीका अनुसार शव पोस्टमार्टका लागि गौर अस्पताल लगिएको छ ।

पत्रकार प्रजापति गरुडा म्यूजिकल एफएममा कार्यरत रहेर समाचार पढ्ने गर्थे । उनले स्थानीय पत्रिकामा समाचार पनि लेख्दै आएका थिए ।

उनले कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जयसवालबाट धम्की पाइरहेको पारिवारिक स्रोतले जनाएको छ । खानेपानी समस्यासम्बन्धी समाचार लेखेपछि उनलाई मेयर जयसवालले धम्की दिँदै गाली गरेको बताइएको छ ।

पारिवारिक स्रोतका अनुसार मेयर जयसवालले दिएको धम्कीका कारण पत्रकार प्रजापति केही समयदेखि तनावमा रहेको र डरले घरबाट बाहिरसमेत निस्किन छाडेका थिए ।

उनको आत्महत्यामा मेयरले दिएको धम्की मुख्य कारण हुनसक्ने स्थानीय बताउँछन् ।

मेयर जयसवालले पत्रकार प्रजापतिलाई दिएको धम्कीविरुद्ध प्रेस चौतारी रौतहट शाखाले गत जेठ २९ गते विज्ञप्तिसमेत जारी गरेको थियो ।

प्रेस चौतारी रौतहटका अध्यक्ष अशोक पहाडीले विज्ञप्ति जारी गर्दै पत्रकारलाई मेयर जयसवालले दिएको धम्कीबारे छानबिन गरी दोषीलाई कारबाही गर्न प्रशासनसँग माग गरेका छन् ।

गरुडाका डीएसपी राजन कार्कीले मृतक पत्रकार प्रजापतिलाई मेयर जयसवालले धम्की दिएको विषयमा जानकारी नआएको बताए ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ११ : ०० बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको