चितवन । नारायणगढ-मुग्लिङ सडक खण्डको तुइनमा भारतीय कारमाथि ढुंगा खसेको छ । आइतबार दिउँसो साढे २ बजे आसपासको समयमा पहराबाट खसेको ढुंगो कारमा बजारिएको हो ।
सडकमा गुडिरहेको बेला भारतको उत्तर प्रदेश राज्यबाट आएको युपी ८० जीपी २९२८ नम्बरको सेत रंगको कारमा ढुंगो खसेको हो । ठूलो आकारको ढुंगो बजारिँदा कार क्षतिग्रस्त भएको छ भने पछाडि बसेका तीनजना गम्भीर घाइते भएका छन् ।
उक्त कारमा पाँचजना सवार रहेको खुलेको छ । जसमा पछाडि बसेका तीनजनाको सिटमै ढुंगो बज्रिएको थियो । पहराबाट आएको ढुंगो कारको सन रुफ भत्काउँदै सिटमा रहेका यात्रुमाथि लागेको हो । उक्त ढुंगाले लागेर घाइतेहरूलाई तत्कालै अस्पताल लगिएको छ ।



















प्रतिक्रिया