३ भदौ २०८३, बुधबार | August 19, 2026

घुस रकमसहित वरिष्ठ वन अधिकृत यादव अख्तियारको नियन्त्रणमा



कञ्चनपुर । घुस लिएको रकमसहित डिभिजन वन कार्यालय धनगढी, कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरको टोलीले आज नियन्त्रणमा लिएको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिअनुसार चुरे गाउँपालिका–६ ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमर्का र छोडपुर्जीका लागि सेवाग्राहीसँग यादवले घुस मागेको उजुरी अख्तियारको कार्यालयमा परेको थियो ।

सोही उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले रु सात लाख ३१ हजार घुस लिइसकेको अवस्थामा यादवलाई रकमसहित डिभिजन वन कार्यालय धनगढीबाट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका यादवमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  १० : १३ बजे

राष्ट्र बैंकले ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज अपराह्न बस्ने भएको छ ।

बासुदेव खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका

तिनाउको हेडबक्स नजिक पहिरो, बुटवल-पाल्पा सडक अवरुद्ध

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।

सांसदको आचरणमाथि प्रश्न उठेपछि रास्वपा सभापति लामिछानेले बोलाए मन्त्रीसहित बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सरकार र आफ्नै