१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

ओखलढुङ्गामा चार हजार घर पहिरोको जोखिममा रहेको आँकलन



ओखलढुङ्गा । जिल्लाका आठ स्थानीय तहका चार हजारभन्दा बढी घर मनसुनजन्य विपद्को उच्च जोखिममा रहेका आँकलन गरिएको छ । आठ स्थानीय तहका ३५ बस्तीका चार हजार ४७ घर बाढीपहिरोको जोखिममा रहेका हुन् ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी अनुप पौडेलका अनुसार विपद पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८१ का अनुसार जिल्लामा तीन हजार ९०४ घर पहिरो र १४३ घर बाढीजन्य विपद्को जोखिममा छन् । स्थानीय तहहरुले जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध गराएको विवरणानुसार १२ हजार ३८४ मानिस उच्च जोखिममा छन् । सबैभन्दा बढी जिल्लाको खिजीदेम्बा गाउँपालिका–३ को एस्टेन, भित्ताखर्क, सतल्पु, गुरिफ, तनुवा, चप्लेटी खोला र चोस्पु गाउँका गरि दुई हजार ४२५ घरका छ हजार ७० नागरिक जोखिममा छन् ।

यस्तै मोलुङ गाउँपालिका–८ गौरीगाउँ, पलारु, खिम्ली, ओवाङ्गी, भिरकुना, रागाँदीप, टङ्कु र सेप्लुका गरी पाँच सय २० घरका दुई हजार ५०० मानिस पहिरोको जोखिममा छन् । चम्पादेवी गाउँपालिका–८ बिलन्दुका एक सय ६५ घर पनि पहिरोको उच्च जोखिममा छन् ।

मानेभन्ज्याङ गाउँपालिका–६ र ७ मा अवस्थित टोक्सेलको हर्कपुर, माझीगाउँ र जयरामघाट तथा चम्पादेवी गाउँपालिका–१ पलापुको सुनकोशी नदी किनारका एक सय ४३ घर बाढी तथा डुबानको जोखिममा छन् । सुनकोशी, दुधकोशी र लिखु–३ नदीले घेरिएको ओखलढुङ्गा जिल्लामा नदी कटानको समेत समस्या छ । जिल्लाभित्रका खोलानालाले समेत वर्षाको समयमा जनधनको क्षति गर्ने गरेका छन् ।

जोखिम बढेसँगै प्रशासनले सतर्कता अपनाउन नागरिकलाई आग्रह गर्दै जोखिमयुक्त बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थान्तरण गर्न स्थानीय तहलाई परिपत्र गरेको छ । विपद् जोखिम न्यूनीकरण, उद्धार र राहतका लागि जिल्लास्तरीय संयन्त्र परिचालन गरिएको र स्थानीय तहहरूसँग समेत समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीको भनाइ छ । विपद्को समयमा तत्कालै प्रयोग गर्न विभिन्न विद्यालय, क्लब, सामुदायिक भवन तथा खुला स्थानलाई व्यवस्थापन गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

जिल्लाका सबै पालिकामा पहिरो र केही पालिकाको नदी तटीय क्षेत्रमा बाढी तथा डुबानको जोखिम छ । भूक्षयका दृष्टिकोणले ओखलढुङ्गा कोशी प्रदेशमै सबैभन्दा बढी जोखिमयुुक्त जिल्ला हो । यहाँ बाढीपहिरोबाट बर्सेनि जनधनको क्षति हुँदै आएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ११ : १३ बजे

रुपन्देही-२ मा राप्रपाद्वारा कांग्रेस उम्मेदवारलाई समर्थन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही–२ मा नेपाली कांग्रेसका

राष्ट्र बैंकले माग्यो कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष र सञ्चालकसँग स्पष्टीकरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष

“निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन प्रहरी कर्मचारी प्रतिबद्ध हुनुपर्छ”

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई राष्ट्रिय सङ्कल्पका रूपमा

कतारस्थित नेपाली दूतावासद्वारा सुरक्षाका निर्देशन पालना गर्न आग्रह

काठमाडौँ । कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारी सरकारद्वारा

त्रिभुवन विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था

काठमाडौं । खाडी क्षेत्रमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान