२९ असार २०८३, सोमबार | July 13, 2026

कोरोना संक्रमणबाट पोखरामा एक महिलाको मृत्यु



पोखरा । पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । पोखरामा रहेको चरक अस्पतालमा उपचारको क्रममा ७० वर्षीया महिलाको मृत्यु भएको हो ।

स्वासप्रश्वासमा समस्या देखिएपछि गएको असार २५ गते अस्पताल भर्ना भएकी उनको साउन ४ गते मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काका अनुसार ती महिलामा उच्च रक्तचाप र मधुमेहको समस्या थियो ।

अस्पताल भर्ना भएपछि जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा पीसीआर जाँच गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय भारतमा कोरोनाका बिरामी बढ्दै गएका छन् । भारतीय प्रभावकै कारण नेपालमा पनि कोरोना संक्रमण बढ्न थालेको स्वास्थ्यकर्मीको अनुमान छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  २ : १३ बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले