१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

पूर्वराष्ट्रपति भण्डारीले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विशेष पत्रकार सम्मेलन गर्ने भएकी छिन् । दिउँसो ३ बजे काठमाडौंको कार्की ब्याङ्क्वेटमा उनले पत्रकार सम्मेलन गर्न लागेकी हुन् ।

यो पत्रकार सम्मेलन नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले आफ्नो पार्टी सदस्यता निस्क्रिय बनाउँदै राजनीतिमा रोक लगाउने निर्णय गरेपछि आफ्नो औपचारिक धारणा सार्वजनिक गर्न लागेकी हुन् ।

हालै सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नहुने निर्णय गरेको थियो । पार्टीले संविधान र पार्टी विधानका विभिन्न धारा उल्लेख गर्दै उनलाई फेरि सक्रिय राजनीतिमा फर्कन रोक लगाउने निर्णय गरेको हो ।

राष्ट्रपतिको जिम्मेवारीबाट मुक्त भएपछि उनी केही समयदेखि सार्वजनिक रुपमा गतिविधिमा कम देखिएकी थिइन् । तर पछिल्लो समय पार्टीभित्र उनीबारे व्यापक बहस चल्दै आएको छ ।

भण्डारीले आफ्नो आगामी यात्राबारे पनि आज प्रस्ट पार्ने उनको सचिवालयले जनाएको छ । यसअघि उनले आफू राजनीतिमा आइसकेकोले पछि नहट्ने प्रतिक्रिया दिँदै आएकी थिइन् ।

पत्रकार सम्मेलनमा उनी स्वयंले आफ्नो राजनीतिक भविष्य र पार्टी निर्णयप्रति दृष्टिकोण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ९ : ०६ बजे

कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, ३८ जना घाइते

कपिलवस्तु । कपिलवस्तुमा यात्रुबहाक बस दुर्घटना हुँदा ३८ यात्रु घाइते

दिगो पर्यटन प्रवर्द्धनका लागि पञ्चवर्षीय रणनीति

काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम

समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका

बागमती प्रदेशसभाको बैठक बस्दै स् नीति कार्यक्रम प्रस्तुत हुँदै

बागमती । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष

जापानद्वारा बिपी राजमार्गको पिप्ले-बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रेपलाञ्चोक । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको