१ पुस २०८२, मंगलबार | December 16, 2025

‘कुलिङ पिरियड’ हटाउने एमालेको प्रस्तावप्रति कांग्रेस नेताहरूको आपत्ति



काठमाडौं । निजामती सेवासम्बन्धी विधेयकमा उल्लेख भएको दुई वर्षे ‘कुलिङ पिरियड’को प्रावधान हटाउने नेकपा (एमाले)का सांसदहरूले दर्ता गराएको संशोधन प्रस्तावप्रति नेपाली कांग्रेस नेताहरूले गम्भीर असन्तुष्टि जनाएका छन्।

शुक्रबार बूढानीलकण्ठमा बसेको कांग्रेस नेताहरूको बैठकमा सो विषयमा व्यापक छलफल भएको हो। बैठकमा नेताहरूले एमालेसँग भएको पूर्वसहमतिको विपरीत संशोधन प्रस्ताव दर्ता गरिएको भन्दै आपत्ति जनाएका हुन्।

नेताहरूले सहमतिको आधारमा अघि बढ्नुपर्नेमा संशोधन प्रस्ताव पार्टीगत रुपमा दर्ता भएको खण्डमा सहमतिप्रति नै प्रश्न उठ्ने बताएका छन्। “यदि प्रस्ताव पार्टीको निर्णयअनुसार आएको हो भने सहमति भंग भएको ठहर्छ, होइन भने विगतको सहमति अनुसार अघि बढ्नुपर्छ,” एक नेताले बैठकपछि बताए।

बैठकमा रूपन्देही–३ मा हुने उपनिर्वाचनबारे पनि विशेष छलफल गरिएको जनाइएको छ। उपनिर्वाचनका लागि बालकृष्ण खाँणले ब्रिफिङ गरेका छन् । खाँण २०७९को निर्वाचनमा सो क्षेत्रबाट पराजित उम्मेदवार हुन् ।

बैठकमा पार्टी पदाधिकारी, पूर्वपदाधिकारी, मन्त्रीहरू, र प्रदेश सभापतिहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  १२ : ०८ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको