१४ जेष्ठ २०८३, बिहिबार | May 29, 2026

‘कुलिङ पिरियड’ हटाउने एमालेको प्रस्तावप्रति कांग्रेस नेताहरूको आपत्ति



काठमाडौं । निजामती सेवासम्बन्धी विधेयकमा उल्लेख भएको दुई वर्षे ‘कुलिङ पिरियड’को प्रावधान हटाउने नेकपा (एमाले)का सांसदहरूले दर्ता गराएको संशोधन प्रस्तावप्रति नेपाली कांग्रेस नेताहरूले गम्भीर असन्तुष्टि जनाएका छन्।

शुक्रबार बूढानीलकण्ठमा बसेको कांग्रेस नेताहरूको बैठकमा सो विषयमा व्यापक छलफल भएको हो। बैठकमा नेताहरूले एमालेसँग भएको पूर्वसहमतिको विपरीत संशोधन प्रस्ताव दर्ता गरिएको भन्दै आपत्ति जनाएका हुन्।

नेताहरूले सहमतिको आधारमा अघि बढ्नुपर्नेमा संशोधन प्रस्ताव पार्टीगत रुपमा दर्ता भएको खण्डमा सहमतिप्रति नै प्रश्न उठ्ने बताएका छन्। “यदि प्रस्ताव पार्टीको निर्णयअनुसार आएको हो भने सहमति भंग भएको ठहर्छ, होइन भने विगतको सहमति अनुसार अघि बढ्नुपर्छ,” एक नेताले बैठकपछि बताए।

बैठकमा रूपन्देही–३ मा हुने उपनिर्वाचनबारे पनि विशेष छलफल गरिएको जनाइएको छ। उपनिर्वाचनका लागि बालकृष्ण खाँणले ब्रिफिङ गरेका छन् । खाँण २०७९को निर्वाचनमा सो क्षेत्रबाट पराजित उम्मेदवार हुन् ।

बैठकमा पार्टी पदाधिकारी, पूर्वपदाधिकारी, मन्त्रीहरू, र प्रदेश सभापतिहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  १२ : ०८ बजे

विभिन्न मुलुकका लागि राजदूत पदमा आवेदन/सिफारिस आह्वान

काठमाडौँ । परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकहरूका लागि रिक्त नेपालको राजदूत

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिका र इरान

तेहरान । मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त

कालिगण्डकीमा खसेर रुपन्देहीका एक बालक बेपत्ता

म्याग्दी । म्याग्दी र पर्वतको सिमाना भएर बग्ने कालिगण्डकी नदीमा

छोरी हत्या अभियोगमा आमा पक्राउ

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई

बदली र वर्षाले आगामी केही दिन शीतल महसुस हुने

काठमाडौँ । पछिल्लो केही दिनदेखि नेपालको तराई क्षेत्रमा तापक्रम घट्दा