२९ असार २०८३, सोमबार | July 13, 2026

अर्थमन्त्री पौडेलले गरे तिलोत्तमाका विभिन्न योजनाहरुको स्थलगत अवलोकन



बुटवल । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ अन्तर्गत चालु र नयाँ योजनाहरुको स्थलगत अवलोकन गरेका छन् ।

अर्थमन्त्री पौडेल शुक्रबार साँझ उक्त वडामा चालु र नयाँ योजनाहरुको स्थलगत अवलोकनमा पुगेका हुन् । उनले तिलोत्तमा-६ मा रहेको नौकट्टी सडकको अवलोकन गर्नुका साथै वडा नम्बर ६ गोरकट्टास्थित निर्माणाधीन अवस्थामा रहेको १५ शैयाको नगर अस्पतालको पनि अवलोकन गरेका छन् । आनन्दवन स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा स्तरोन्नती गर्न लागिएको हो ।

अस्पताल पूर्ण निर्माण भई सञ्चालनमा ल्याउन १७ करोड लागत अनुमान गरिएको छ । १४ कठ्ठा क्षेत्रफलमा फैलिने अस्पताल स्थापनाको लागि स्व. गोपाल ओझान्ठाक्ष, अमृत प्रसाद ओझान्ठाक्ष र शम्भुप्रसाद ओझान्ठाक्षले जग्गा उपलब्ध गराएका थिए । यो अस्पतालको शिलान्यास २०७७ सालमा अर्थमन्त्री पौडेलले नै गरेका थिए ।

त्यस क्रममा उनले अस्पताल निर्माणको पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए । सो क्रममा स्थानीय ०८४ अघि नै अस्पताल निर्माणको काम सम्पन्न गर्न अर्थमन्त्री समक्ष आग्रह गरे । अर्थमन्त्रीका साथमा सहभागी तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरी र तिलोत्तमा-६ का वडाध्यक्ष गणेश पाठकले यो अस्पताल सिंगो नगरको गौरवको विषय भएकाले यसलाई सकेसम्म छिटो पूरा गर्न ध्यानाकर्षण गराए ।

त्यसक्रममा अर्थमन्त्री पौडेलले अस्पताल निर्माण सम्पन्न गर्न सरकारले यथाशक्य सहयोग गर्ने भन्दै निर्माणको कामलाई गति दिन आग्रह गरे ।

त्यस्तै अर्थमन्त्री पौडेलले पश्चिम पहुनी मावि, मोक्षधामको समेत अवलोकन गर्नुका साथै वस्तुस्थितिबारे जानकारी लिएका थिए । त्यस्तै उनले कुन्जलापुरमा रहेका दुईवटा पुलको निरीक्षण गर्नुका साथै कुन्जलापुरदेखि नगर अस्पतालसम्म जाने ३ करोड लागतको सडक र गोरकट्टादेखि गणेशपुर जाने ३ करोड लागतको कुलोको समेत अवलोकन गरी वस्तुस्थितिबारे जानकारी लिएका थिए । अर्थमन्त्री पौडेलले कुन्जपार्कको पनि शुक्रबार अवलोकन गरेका छन् ।

शुक्रबार वडा नम्बर ३, ४ र ६ अन्तर्गत सञ्चालित नयाँ र चालु योजनाहरुको अवलोकन गर्ने तय भएपनि समय अभावका कारण वडा नम्बर ६ मा सञ्चालित योजनाहरुको मात्रै पौडेलले अवलोकन गरेका हुन् ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ७ : ५२ बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले