१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सीएनआईवाईएफ लुम्बिनीद्वारा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न, पत्रकार महासंघ रुपन्देही विजयी



नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईएफ) लुम्बिनीको आयोजनामा शनिबार बुटवलमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । आपसी सम्बन्ध विस्तार तथा भातृत्व विकासका लागि आयोजित प्रतियोगितामा नेपाल पत्रकार महासंघ रुपन्देही विजयी भएको छ ।

प्रतियोगितामा पत्रकार महासंघको समूहले परिसंघ युवा उद्यमी मञ्चको समूहलाई १०-६ गोल अन्तरले पराजित गरेको थियो । खेलमा पत्रकार कृष्ण भण्डारी सर्वाधिक गोलकर्ता घोषित भए भने पत्रकार स्वस्तिक श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए ।

कार्यक्रमको अवसरमा परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीका अध्यक्ष राजन कसजु, कार्यक्रम संयोजक सिद्धार्थ गोयल, उद्योग अध्ययन अवलोकन भ्रमण संयोजक सुरज उप्रती, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, उपाध्यक्ष विश्वास ढकाल र अस्मिना पाण्डेय लगायतले फुटसलजस्तो खेलमार्फत आपसी सद्भाव र सम्बन्ध विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनीहरूले खेललाई जीत-हारको प्रतिस्पर्धा नभई मित्रता र सहकार्यको अवसरको रुपमा लिएको बताए । यस्ता कार्यक्रमले पेशागत संस्था तथा उद्योगीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ५ : ४० बजे

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा