८ माघ २०८२, बिहिबार | January 23, 2026

संविधान संशोधनका लागि सहमति आवश्यक छ : नेता सिटौला



काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनमा देखिएका कमी कमजोरीको समीक्षा गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

सञ्चारकर्मीसँगको अन्तरक्रियामा नेता सिटौलाले संविधानको दीगोपनाका लागि समय सापेक्ष संशोधन हुनुपर्ने उल्लेख गर्दै दुवै सदनमा सरकारको दुई तिहाइ बहुमत नभएकाले सहमति जुटाएर संशोधन गर्न सकिने धारणा व्यक्त गरे । संविधान संशोधनका लागि सरकारले संयोजन गर्नुपर्ने र सबैभन्दा ठूलो दलका हैसियतमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनले सुझाए ।

फरक प्रसङ्गमा नेता सिटौलाले कांग्रेसले १५औँ महाधिवेशन २०८३ को मङ्सिरसम्म हुने बताए । उनले भने, “पार्टीको चारवर्षे कार्यकाल आगामी मङ्सिरमा सकिने भए पनि एक वर्ष थप्न सकिने विधानको प्रावधान छ । कांग्रेसको महाधिवेशन प्रायः चार वर्षमा कहिल्यै भएको छैन ।”

पार्टीको क्रियाशील सदस्यताको टुङ्गो नलागेको अवस्थामा यस वर्ष महाधिवेशन हुन सम्भव नरहेको उनको भनाइ थियो । वर्तमान सरकारले एक वर्षको अवधिमा जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गर्दै नेता सिटौलाले सत्तागठबन्धन र सरकार भने निरन्तर जाने तथा पूरै कार्यकाल रहने स्पष्ट पारे ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ७ : १३ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा