३१ श्रावण २०८३, आइतबार | August 16, 2026

एमसीसी परियोजनालाई निरन्तरता दिने अमेरिकाको निर्णय



काठमाडौं । अमेरिकाले नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ।

नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार, अमेरिकी सरकारले पछिल्लो साता मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)लाई निर्वाध रुपमा कार्यक्रम सञ्चालन गर्न अनुमति दिने निर्णय लिएको हो।

“अमेरिकी वैदेशिक सहायता समीक्षाको परिणामस्वरूप एमसीसी सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरिएको छ। यो सन्दर्भमा हामीले नेपाल सरकारलाई उक्त निर्णयको जानकारी गराएका छौं।”, राजदूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ,

५० करोड अमेरिकी डलरको अनुदान र नेपाल सरकारको १९।७ करोड डलरको थप लगानीसहितको यो परियोजनाअन्तर्गत विद्युत् प्रसारण पूर्वाधार निर्माण तथा सडक सञ्जाल सुधार कार्यक्रम रहेको छ । यी कार्यक्रममार्फत नेपालको समृद्धि र क्षेत्रीय ऊर्जा व्यापार प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ।

अमेरिकाको निर्णयसँगै अब एमसीसी नेपाल कार्यक्रमले अवरोधबिना अघि बढ्ने स्पष्ट भएको छ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ८ : १६ बजे

भारतका प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ

‘आवाराहरुको अध्यक्षलाई चाँही के भन्ने ?’ झपट रावलको ओलीलाई कडा प्रश्न

काठमाडौं । नेकपा एमालेका नेता झपट रावलले आफ्नै पार्टीका अध्यक्ष

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी । कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका

जाजरकोट पहिरो अपडेट : मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई अझै बेपत्ता

काठमाडौं । अविरल वर्षासँगै जाजरकोटको भेरी नगरपालिका-२, रिसाङमा खसेको लेदोसहितको

सुनको मूल्य तोलामा तीन हजार ६०० रुपैयाँले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन