१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

एमसीसी परियोजनालाई निरन्तरता दिने अमेरिकाको निर्णय



काठमाडौं । अमेरिकाले नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ।

नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार, अमेरिकी सरकारले पछिल्लो साता मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)लाई निर्वाध रुपमा कार्यक्रम सञ्चालन गर्न अनुमति दिने निर्णय लिएको हो।

“अमेरिकी वैदेशिक सहायता समीक्षाको परिणामस्वरूप एमसीसी सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरिएको छ। यो सन्दर्भमा हामीले नेपाल सरकारलाई उक्त निर्णयको जानकारी गराएका छौं।”, राजदूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ,

५० करोड अमेरिकी डलरको अनुदान र नेपाल सरकारको १९।७ करोड डलरको थप लगानीसहितको यो परियोजनाअन्तर्गत विद्युत् प्रसारण पूर्वाधार निर्माण तथा सडक सञ्जाल सुधार कार्यक्रम रहेको छ । यी कार्यक्रममार्फत नेपालको समृद्धि र क्षेत्रीय ऊर्जा व्यापार प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ।

अमेरिकाको निर्णयसँगै अब एमसीसी नेपाल कार्यक्रमले अवरोधबिना अघि बढ्ने स्पष्ट भएको छ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ८ : १६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा