१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

भेरी अस्पतालले मनायो १३५ औं स्थापना दिवस, सेवा निवृत्त पूर्व मेसुहरु सम्मानित



नेपालगन्ज । भेरी अस्पताल नेपालगन्ज आजबाट १३५ वर्ष पूरा गरि १३६ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा आज अस्पतालले आफ्नो १३५ औं स्थापना दिवस मनाएको छ ।

स्थापना दिवस समारोहको आज एक कार्यक्रमबीच प्रतिनिधि सभा सदस्य एवं कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौरले उदघाटन गरे । त्यसक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य राठौरले भेरी अस्पताल यसक्षेत्रकै पहिचान बोकेको अस्पतालका रुपमा रहेको उल्लेख गरे । उनले अस्पतालले ऐतिहासिक १३६ वर्ष प्रवेश गरेकोमा बधाइ दिँदै उनले अस्पतालको विकास र उन्नतीमा आफु सधैं सकारात्मक रहेको बताए ।

उनले भेरी अस्पतालको इतिहास निकै पुरानो भएको जनाउँदै तर यसको विकास जुन रुपमा हुनुपर्ने हो, त्यसरी हुन नसकेको बताए । नेपालगन्जलाई स्वास्थ्यको हब बनाउन आफु लाग्ने सांसद राठौंरले प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रलममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले अस्पतालको प्रगति तथा आगामी योजनाबारे प्रस्तुतिकरण गरेका थिए ।

अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्रबहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य माया पुन, मिना सिद्दिकी, नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

विभिन्न नृत्यहरु समेत प्रस्तुत गरिएको उक्त कार्यक्रममा स्थापना दिवसको अवसरमा भएका विभिन्न कार्यक्रमका उत्कृष्ट प्रतियोगिहरुलाई पुरष्कृत समेत गरिएको अस्पताल विकास समितिले जनाएको छ । कार्यक्रममा अस्पतालद्वारा प्रकाशित स्मारिक अक्सिजन बिमोचन गरिएको थियो ।

१९४७ देखि पृथ्वी विर अस्पताल डिस्पेन्सरीको नाममा चलेको अस्पताललाई बि.सं. २०१६ मा रत्नराज्य लक्ष्मी देवी सेवा (केहीसमय ईन्द्रराज्यलक्ष्मी) प्रसुती केन्द्र नामाकरण गरिएको थियो । २०२१ सम्म रत्नराज्य लक्ष्मी देवी सेवा प्रसुती केन्द्र कै नाममा चलेको अस्पताललाई २०२२ सालमा भने भेरी अञ्चल अस्पतालको नाममा नामाकरण गरिएको हो । संघीय प्रणाली लागुभएर अञ्चल खारेज भएसँगै हाल संघीय सरकार अन्तर्गत भेरी अस्पतालको नामबाट अस्पतालले सेवा दिँर्दै आएको छ ।

स्थापना दिवसमा सेवा निवृत्त पूर्व मेसुहरु सम्मानित

अस्पतालले आफ्नो १३५ औं स्थापना दिवसको अवसरमा सेवा निवृत्त पूर्व मेसुहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा डा.मोहीउद्दिन किदवाई, डा.श्यामसुन्दर यादव, डा.विनोद कुमार खेतान, डा.पिताम्वर सुवेदी, डा.विरेन्द्र बहादुर चन्द र डा.रुपानन्द अधिकारी लगायत रहेका छन् । प्रतिनिधि सभा सदस्य किशोरसिंह राठौरले उनीहरुलाई कदरपत्र तथा दोसल्ला ओढाएर सम्मानित गरेका थिए ।

भेरी अस्पतालको श्रीवृद्धिमा विशिष्ट योगदान गरेको आधारमा सेवा निवृत्त पूर्व मेसुहरुको योगदानको उच्च मूल्यांकन गर्दै सम्मानित गरिएको अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले बताए ।

 

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ६ : ०० बजे

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, नदी किनारमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना

भोटेकोशीको भेल : बगायो बस्ती, बढायो सन्त्रास

काठमाडौं । ‘तेता के के हुँदैछ, यता बाढी पसेर फेरि

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो, ९७७ जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ४६९

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन । रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८