११ असार २०८३, बिहिबार | June 26, 2026

रक्तदानमा रुपन्देहीको कीर्तिमान, ६६ संघसंस्था सम्मानित



भैरहवा । नेपाल रेडक्रस सोसाइटी, रुपन्देही शाखाले आर्थिक वर्ष २०८१–०८२ मा बुटवल र भैरहवा रक्तसञ्चार सेवा केन्द्रमार्फत ३४ हजार ७२ युनिट रक्त संकलन गरेको छ । जसमध्ये २८ हजार ७३५ युनिट विभिन्न संघसंस्थाको आयोजनामा र पाँच हजार ३३७ युनिट स्वयंसेवी रक्तदाताबाट संकलन भएको हो। यो संख्या अघिल्लो वर्षको तुलनामा दुई हजार ३९३ युनिटले बढी भएको रेडक्रसले जनाएको छ ।

६०औं रक्तसञ्चार सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै रुपन्देहीले नेपालमै सबैभन्दा धेरै रक्त संकलन गर्ने जिल्ला बन्न सफल भएको जानकारी दिइयो।

कार्यक्रम संयोजक शुशिल गुरुङले संस्थालाई अत्याधुनिक प्रविधिमा लैजाने तयारी भइरहेको बताए। उनका अनुसार गत वर्ष ४३८ संघसंस्थाले ७०७ वटा रक्तदान कार्यक्रम गरी रक्त संकलनमा योगदान गरेका थिए। कार्यक्रममा एक सय पिन्ट भन्दा बढी रक्तदान गर्ने ६६ संघसंस्था सम्मानित भए । नेपाल स्वयंसेवी रक्तदाता समाज पहिलो, नेपाल नियमित रक्तदाता संघ रुपन्देही दोस्रो, र नेपाल स्वयंसेवी रक्तदाता तिलोत्तमा शाखा तेस्रो भएका छन्।

लुम्बिनी प्रदेश सरकारद्वारा सरकारी अस्पतालमा निःशुल्क रगत प्रदान गर्ने कार्यको प्रशंसा गर्दै रेडक्रसले यो सेवा निजी अस्पतालसम्म विस्तार गर्न माग गरेको छ। समारोहमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनासहित विभिन्न पदाधिकारीले संघसंस्थाका प्रतिनिधिलाई सम्मान गरेका थिए। लुम्बिनी प्रदेशका सरकारी तथा निजी अस्पतालमा उपचारका लागि आउने र रगतको आववश्यकता परेका विरामीलाई सहज र छिटोछरितो रुपमा उपलब्ध गराउनेतर्फ आफू प्रयत्नशिल रहेको बताए ।

सोसाइटीले पेपरलेस प्रणाली, तथ्यांकिकरण अनलाइन, वेभसाइट लन्च, विपद् व्यवस्थापन, पारिवारिक पुनःस्थापना, एम्बुलेन्स सेवा लगायतका कार्यक्रम सञ्चालन गर्दै आइरहेको रेडक्रसका मन्त्री टेकबहादुर थापाले जानकारी दिए। “रक्तदान गरौं, आशा जोगाऔंः सँगै मिलि जीवन बचाऔं“ भन्ने नाराका साथ सामाजिक सेवामा अग्रसर रहेको उनले बताए । रक्तसञ्चार सेवा केन्द्र बुटवल २०३४ सालमा र भैरहवा केन्द्र २०५७ सालमा स्थापना गरिएको थियो। नेपालका पहिलो रक्तदाता दयाबिर सिंह कंसाकार हुन् ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  १० : ०२ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा