१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

रक्तदानमा रुपन्देहीको कीर्तिमान, ६६ संघसंस्था सम्मानित



भैरहवा । नेपाल रेडक्रस सोसाइटी, रुपन्देही शाखाले आर्थिक वर्ष २०८१–०८२ मा बुटवल र भैरहवा रक्तसञ्चार सेवा केन्द्रमार्फत ३४ हजार ७२ युनिट रक्त संकलन गरेको छ । जसमध्ये २८ हजार ७३५ युनिट विभिन्न संघसंस्थाको आयोजनामा र पाँच हजार ३३७ युनिट स्वयंसेवी रक्तदाताबाट संकलन भएको हो। यो संख्या अघिल्लो वर्षको तुलनामा दुई हजार ३९३ युनिटले बढी भएको रेडक्रसले जनाएको छ ।

६०औं रक्तसञ्चार सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै रुपन्देहीले नेपालमै सबैभन्दा धेरै रक्त संकलन गर्ने जिल्ला बन्न सफल भएको जानकारी दिइयो।

कार्यक्रम संयोजक शुशिल गुरुङले संस्थालाई अत्याधुनिक प्रविधिमा लैजाने तयारी भइरहेको बताए। उनका अनुसार गत वर्ष ४३८ संघसंस्थाले ७०७ वटा रक्तदान कार्यक्रम गरी रक्त संकलनमा योगदान गरेका थिए। कार्यक्रममा एक सय पिन्ट भन्दा बढी रक्तदान गर्ने ६६ संघसंस्था सम्मानित भए । नेपाल स्वयंसेवी रक्तदाता समाज पहिलो, नेपाल नियमित रक्तदाता संघ रुपन्देही दोस्रो, र नेपाल स्वयंसेवी रक्तदाता तिलोत्तमा शाखा तेस्रो भएका छन्।

लुम्बिनी प्रदेश सरकारद्वारा सरकारी अस्पतालमा निःशुल्क रगत प्रदान गर्ने कार्यको प्रशंसा गर्दै रेडक्रसले यो सेवा निजी अस्पतालसम्म विस्तार गर्न माग गरेको छ। समारोहमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनासहित विभिन्न पदाधिकारीले संघसंस्थाका प्रतिनिधिलाई सम्मान गरेका थिए। लुम्बिनी प्रदेशका सरकारी तथा निजी अस्पतालमा उपचारका लागि आउने र रगतको आववश्यकता परेका विरामीलाई सहज र छिटोछरितो रुपमा उपलब्ध गराउनेतर्फ आफू प्रयत्नशिल रहेको बताए ।

सोसाइटीले पेपरलेस प्रणाली, तथ्यांकिकरण अनलाइन, वेभसाइट लन्च, विपद् व्यवस्थापन, पारिवारिक पुनःस्थापना, एम्बुलेन्स सेवा लगायतका कार्यक्रम सञ्चालन गर्दै आइरहेको रेडक्रसका मन्त्री टेकबहादुर थापाले जानकारी दिए। “रक्तदान गरौं, आशा जोगाऔंः सँगै मिलि जीवन बचाऔं“ भन्ने नाराका साथ सामाजिक सेवामा अग्रसर रहेको उनले बताए । रक्तसञ्चार सेवा केन्द्र बुटवल २०३४ सालमा र भैरहवा केन्द्र २०५७ सालमा स्थापना गरिएको थियो। नेपालका पहिलो रक्तदाता दयाबिर सिंह कंसाकार हुन् ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  १० : ०२ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले