६ श्रावण २०८३, बुधबार | July 22, 2026

प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायतको घोषणा



लण्डन । बेलायती प्रधानमन्त्री केइर स्टेइमरले इजरायलले केही शर्त स्वीकार गर्दै युद्ध विराम नगरे प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बताएका छन् । बेलायती प्रधानमन्त्री स्टेइमरले सेप्टेम्बर महिनादेखि युद्ध विरामसँगै इजरायलले केही शर्त पूरा नगरे प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बताएका हुन् ।

दीर्घकालीन शान्ति स्थापनाका लागि प्रतिबद्ध हुनुपर्ने र संयुक्त राष्ट्र सङ्घको प्रदान गर्ने राहत इजरायलसम्म पुग्नका लागि सहयोग गर्ने लगायत शतै बेलायतले अगाडि सारेको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो कदमले हमासको आातकंवादी कामलाई सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् । बेलायती सरकारले यो निर्णयको अधिकतम असरपछि युद्ध विरामको बाटो तय हुने बताएका छन् ।

गत साता फ्रान्सले पनि सेप्टेम्बर महिनादेखि लागु हुने गरी प्यालेस्टाइनलाई भिन्न राज्यको रूपमा मान्यता दिने निर्णय गरेको थियो । फ्रान्स यस किसिमको निर्णय गर्ने जी(७ राष्ट्र मध्यको पहिलो हो ।

स्टेइरमरले अति जरुरी क्याबिनेट बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै गाजामा स्वीकार गर्नै नसकिने खराब अवस्था आएको बताए । उनले बेलायतको चाहना सुरक्षित इजरायल र सार्वभौम प्यालेस्टाइन भएको समेत बताए ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ७ : ३८ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज