१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायतको घोषणा



लण्डन । बेलायती प्रधानमन्त्री केइर स्टेइमरले इजरायलले केही शर्त स्वीकार गर्दै युद्ध विराम नगरे प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बताएका छन् । बेलायती प्रधानमन्त्री स्टेइमरले सेप्टेम्बर महिनादेखि युद्ध विरामसँगै इजरायलले केही शर्त पूरा नगरे प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बताएका हुन् ।

दीर्घकालीन शान्ति स्थापनाका लागि प्रतिबद्ध हुनुपर्ने र संयुक्त राष्ट्र सङ्घको प्रदान गर्ने राहत इजरायलसम्म पुग्नका लागि सहयोग गर्ने लगायत शतै बेलायतले अगाडि सारेको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो कदमले हमासको आातकंवादी कामलाई सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् । बेलायती सरकारले यो निर्णयको अधिकतम असरपछि युद्ध विरामको बाटो तय हुने बताएका छन् ।

गत साता फ्रान्सले पनि सेप्टेम्बर महिनादेखि लागु हुने गरी प्यालेस्टाइनलाई भिन्न राज्यको रूपमा मान्यता दिने निर्णय गरेको थियो । फ्रान्स यस किसिमको निर्णय गर्ने जी(७ राष्ट्र मध्यको पहिलो हो ।

स्टेइरमरले अति जरुरी क्याबिनेट बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै गाजामा स्वीकार गर्नै नसकिने खराब अवस्था आएको बताए । उनले बेलायतको चाहना सुरक्षित इजरायल र सार्वभौम प्यालेस्टाइन भएको समेत बताए ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ७ : ३८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले