काठमाडौं । दुई पटककी ओलम्पिक विजेता लाउरा डाल मेयरको हिमाल आरोहणको क्रममा निधन भएको छ । पाकिस्तानको लैला हिमाल आरोहण गरिरहेको समयमा पहिरोमा पुरिएर उनको निधन भएको हो ।
३१ वर्षीया राउराको पहिरोमा पुरिएर निधन भएको जर्मन ओलम्पिक कमिटीले पुष्टि गरेको छ । सोमबार बिहान डालमेयरसँगै हिमाल आरोहण गरिरहेकी मारिना इभाले खबर पठाएपछि तत्काल उनको उद्धार कार्य सुरु भएको थियो ।
डाल मेयरले सन् २०१८को शीतकालीन ओलम्पिकमा स्प्रिन्ट र पर्सुटमा नै स्वर्ण पदक जित्दै कीर्तिमान कायम गरेकी थिइन् । त्यसको एक वर्ष पछि उनी विश्व च्याम्पियनसिपमा ५ स्वर्ण पदक जित्दै कीर्तिमान कायम गर्न सफल भएकी थिइन् ।


















प्रतिक्रिया