१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

भारतलाई २५ प्रतिशत भन्सार लगाउने ट्रम्पको घोषणा



वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने वस्तुमा २५ प्रतिशत ट्यारिफ शुल्क लगाइने घोषणा गरेका छन् । भारतले रुसबाट ठूलो परिमाणमा हतियार र ऊर्जा खरिद गरिरहेकोप्रति चिन्ता व्यक्त गर्दै ट्रम्पले यसबारे थप कदम चालिने संकेत पनि दिएका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत बुधबार आफ्नो सन्देश सार्वजनिक गर्दै भनेका छन्, ‘भारत हाम्रो मित्र हो, तर उसले विश्वमै उच्चतम आयशुल्क तथा जटिल व्यापारिक नियमहरू अपनाएको छ, जसका कारण व्यापारिक सम्बन्ध अपेक्षाकृत सशक्त बन्न सकेको छैन ।’

उनले अमेरिका-भारतबीचको व्यापार घाटा ‘ठूलो’ भन्दै त्यसमा सुधार गर्न यो निर्णय आवश्यक रहेको बताएका छन् । राष्ट्रपति ट्रम्पले रुससँग भारतको निकटता र सैन्य तथा ऊर्जा खरिदलाई युक्रेन युद्ध सन्दर्भमा गम्भीर रूपमा लिएको पनि उल्लेख गरेका छन् । ‘भारत र चीन अहिले रुसका ठूला ऊर्जा खरिदकर्ता हुन्, यस्तो बेला जब विश्वले रुसलाई युक्रेनमा भएको हिंसा रोक्न आग्रह गरिरहेको छ,’ ट्रम्पले लेखेका छन् ।

यद्यपि, उनले भारतमाथि लाग्ने भनिएको अतिरिक्त ‘कारबाही’ को स्पष्ट विवरण दिन बाँकी छ । विश्लेषकहरूका अनुसार यो निर्णय रुसमाथि दबाब सिर्जना गर्न तथा व्यापार सन्तुलन मिलाउन गरिएको हो । राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति पुटिनलाई १० दिनको समय दिएका छन् । उक्त अवधिमा मार्ग परिवर्तन भएन भने थप कठोर कदम चालिने उनले चेतावनी पनि दिएका छन् ।

भारत र अमेरिकाबीच पछिल्लो समय व्यापक व्यापार वार्ता भएको थियो । तर, कृषिजन्य र दुग्ध उत्पादन क्षेत्र खुलाउने विषयमा भारतको सतर्कता र ट्रम्प प्रशासनको कडा मागबीच सहमति हुन सकेको छैन । हाल भारतबाट अमेरिका पठाइने अधिकांश वस्तुमा करिब १० प्रतिशत आयशुल्क लागिरहेको छ, जुन अब बढेर २५ प्रतिशत पुग्ने तयारी गरिएको छ । साथै, राष्ट्रपति ट्रम्पले अन्य देशसँग पनि व्यापार सन्तुलन कायम गर्न नयाँ ट्यारिफ लगाउने चेतावनी दिइरहेका छन् । ब्राजिलमाथि उनले ५० प्रतिशतसम्म शुल्क लगाउने सम्भावना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  ७ : ३१ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले