२२ चैत्र २०८२, आइतबार | April 6, 2026

मनिष श्रेष्ठको अध्यक्षतामा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व, लुम्बिनीलाई विगेस्ट मेम्बर इन्टिग्रेशन अवार्ड



पोखरा । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (CNIYEF)को पोखरामा सम्पन्न ७ औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । पोखरामा सम्पन्न वार्षिक साधारणसभाबाट वर्ष २०२५/२६ का लागि मनिष श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।

साधारणसभाले लर्निङ चेयरमा सुगम घिमिरे, मेम्बरसिप चेयरमा पुनित अग्रवाल, ग्रोथ एण्ड एक्सपान्सन चेयरमा निदा दुन मल्ल र फाइनान्स चेयरमा यश अग्रवाललाई चयन गरेको छ । यसैगरी अंकुर अग्रवाललाई इन्टरनेशनल रिलेसन्स चेयर, चिराग सरावागीलाई स्टार्टअप चेयर, साइनी खेतानलाई नेटवर्क एण्ड कम्यूनिकेसन चेयर तथा सुजीत रेग्मीलाई स्टार्टअप को–चेयरको जिम्मेवारी तोकेको छ ।

यसअघि वर्ष २०२४/२५ मा अध्यक्ष आशिष अग्रवालले नेतृत्व गरेका थिए । साधारणसभामा निवर्तमान अध्यक्ष अग्रवालले नयाँ कार्यसमितिलाई बधाई दिंदै संस्थालाई अझ नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष श्रेष्ठ नविन सोच, योजना र लक्ष्यसहित उद्यमशीलता प्रवद्र्धन र स्टार्टअप विकासमा केन्द्रीत हुने प्रतिवद्धता गरे । आफू नेतृत्वको समितिले देशमा रोजगारी सिर्जना गर्ने कार्यमा थप सक्रियता जनाउने प्रतिबद्धता व्यक्त गरे ।

साधारणसभाको अवसरमा विभिन्न विधागत पुरस्कार समेत प्रदान गरिएको छ । देशभरबाट सहभागी प्रतिनिधिहरुसहित आयोजित भेलामा सुदयकान्त झालाई सर्वाधिक क्रियाशिल सदस्यको अवार्ड प्रदान गरिएको थियो ।

यसैगरी नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी शाखाले ‘विगेस्ट मेम्बर इन्टिग्रेशन’ अवार्ड प्राप्त गर्न सफल भएको छ ।

यसैगरी हिमालय टेलिभिजनबाट प्रशारण हुने स्टार्टअप विजनेश रियालिटी शो ‘सार्क ट्याङ्क’मा सहभागी सदस्यहरु मनिष श्रेष्ठ, सुजित रेग्मी तथा अरुण अग्रवाललाई सम्मान गरिएको थियो ।

सन् २००८ मा स्थापना भएको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले युवा उद्यमशीलता प्रोत्साहन, सञ्जाल विस्तार तथा नवप्रवर्तनलाई मुख्य प्राथमिकतामा राख्दै आफ्ना गतिविधिहरु सञ्चालन गर्ने गर्दछ । पोखारामा आयोजित राष्ट्रिय भेलामा देशभरबाट ५५ जना प्रतिनिधिहरु सहभागी भएका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ३ : २८ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको