१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

यथास्थितिमा मिडिया काउन्सिल विधेयक स्वीकार गर्न सकिन्न : वरिष्ठ उपाध्यक्ष आचार्य



नेपालगन्ज । नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले यथास्थितिमा मिडिया काउन्सिल विधेयक स्वीकार गर्न नसकिने बताएका छन् । नेपाल पत्रकार महासंघ बाँके शाखाले आज नेपालगञ्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष आचार्यले विधेयकका धेरै बुँदामा नेपाल पत्रकार महासंघको असहमति रहेको भन्दै आचार्यले सच्चिएर नआए नमान्ने बताएका हुन् ।

उनले आमसञ्चार विधेयक नियमन गर्ने नाममा नियन्त्रणमुखी भएको भन्दै महासंघले विरोध जनाइसकेको बताए । उनले पत्रकार महासंघको शुद्धिकरण अभियान निरन्तर चल्ने प्रक्रिया भएको भन्दै दस्तावेजीकरणका लागि नवीकरण गर्दा यसपटक आवश्यक सम्पूर्ण कागजात मागिएको बताए ।

नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले राज्यले मिडिया नियन्त्रण गर्ने नियत राखेको बताउँदै मिडियामैत्री कानुन अनिवार्य शर्त रहेको बताए । संघियताको लाभ मिडियाले पाउन नसकेको उल्लेख गर्दै पोख्रेलले नवलोकप्रियताबादी मौलाए भने त्यसको प्रहार मिडियामाथि हुने स्पष्ट पारे ।

प्रेस काउन्सिल नेपालका सदस्य नकुल अर्यालले काउन्सिलमा आफूले मिडियामैत्री भूमिका खेल्ने प्रतिबद्धता जनाए । काउन्सिलले प्रदान गर्ने पुरस्कार प्रश्नको घेरामा रहने गरेको स्मरण गर्दै उनले यसपटक कार्यविधि बनाएर पारदर्शी ढंगले काम गर्ने प्रयत्न थालिएको जानकारी दिए ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष लियाकत अलि, पूर्व अध्यक्ष प्रेम केसी, निरज गौतम, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, कमल खत्री, सावित्री गिरी, विजय मल्ललगायतले महासंघ र प्रेस काउन्सिलसंग सम्बन्धित विषयमा सुझाबसंगै जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ८ : ५८ बजे

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी