१५ माघ २०८२, बिहिबार | January 30, 2026

पर्रोहा बोलबम धामको ज्योर्तिलिङ्गमा जलार्पण गर्नेको घुइँचो



बुटवल । नेपालको एकमात्र स्वयं उत्पत्तिमान शिव ज्योर्तिलिङ्ग मानिने रुपन्देहीको पर्रोहा बोलबम धाममा दर्शनार्थीको घुइँचो लागेको छ ।

यहाँ हरेक वर्ष श्रावणी मेलामा जलार्पणका लागि दर्शनार्थीको ठूलो भीड लाग्ने गर्छ । विशेष गरी साउन महिनाभरी पहेँलो बस्त्रधारी दर्शनार्थी यहाँ आउने गर्दछन् ।

प्राचीन शिवालय पर्रोहा बोलबम धाममा रहेको शिव ज्योर्तिलिङ्गमा हरेक वर्षको गुरूपूर्णिमादेखि जनैपूर्णिमासम्म जलार्पण गर्ने परम्परा छ । यहाँ जलार्पण गरे पाप नष्ट हुने, परिवारका सदस्यको दीर्घायु हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।

धामका प्रमुख संरक्षक आचार्य किशोरकुमार गौतमले सोमबार मात्र नभएर अन्य दिनमा ठूलो सङ्ख्यामा भक्तजनले गङ्गाजल अर्पण गर्ने गरेको बताए । साउन महिनामा ज्योर्तिलिङ्गमा गङ्गाजल र बेलपत्र जस्ता सामग्रीले पूजा गरेमा भगवान् शिव खुसी भई मनोकांक्षा पूरा गरिदिने जनविश्वास छ ।

उक्त ज्योर्तिलिङ्गमा अर्पण गर्न कपिलवस्तुको लक्ष्मणघाट, गुल्मीको कालिगण्डकी, चितवनको देवघाट र नवलपरासीको त्रिवेणीघाटबाट गङ्गाजल ल्याउने चलन छ । काँवरमा गङ्गा जल बोकेर कोही पैदल त कोही सवारीसाधनमा बोलबमको नारा लगाउँदै हिँडेका बोलबम यात्रीहरुले यस क्षेत्रलाई रमाइलो बनाएका छन् ।

यहाँ मेला भर्न रुपन्देही, कपिलवस्तु, नवलपरासी र पाल्पाका अतिरिक्त फाटफुट रुपमा पूर्वको मेचीदेखि पश्चिमको महाकाली एवं राजधानीबाट भक्तजन आउने गर्दछन् । भारतको उत्तरप्रदेश र बिहार क्षेत्रबाट भक्तजन आउने गर्दछन् । यहाँ अहिले पहेँलो बस्त्र, ग्यालन, फलफूल र पूजा सामग्रीको व्यापार फस्टाएको छ ।

यो स्थान बुटवलदेखि १५ किलोमिटर पश्चिममा रानीबगिया भन्ने ठाउँबाट दुई किमी दक्षिणमा पर्दछ । बोलबम व्यवस्थापन समितिको आह्वानमा अघिल्लो सोमबार सैनामैना नगरका भक्तजनले कपिलवस्तुको पवित्र बाणगङ्गाको जल ल्याइ पर्रोहा परमेश्वर धाममा जलार्पण गरेको समितिका अध्यक्ष चित्रबहादुर कार्कीले बताए । आगामी सोमबार भने गुल्मीको प्रशिद्ध तीर्थस्थल रुरु क्षेत्रमा पुगेर कालीगण्डकीको जल ल्याएर जलार्पण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ४ : १६ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला