काठमाडौँ । दुईदिन लगातार ओरालो लागेको छापावाल सुनको मूल्य आइतबार ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा साताको कारोबारको पहिलो दिन सुनको मूल्य ३ हजार ४०० रुपैयाँ वृद्धि भएको हो ।
महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । जवकि शुक्रबार तोलामा १ लाख ९३ हजार १०० रुपैयाँसम्म झरेको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार २ हजार २३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार १५ रुपैयाँले बढेर तोलामा २ हजार २५० रुपैयाँ पुगेको हो ।


















प्रतिक्रिया