हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री पदका लागि नेपाली कांग्रेस संसदीय दलका नवनियुक्त नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन्।
मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८(२) अनुसार सरकार गठन गर्न आह्वान गरे्का थिए ।
बहुमतको समर्थन जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीका रूपमा दाबी गर्न प्रदेशप्रमुखले आह्वान गरेपछि बानियाँले तत्कालै दाबी पेश गरेका हुन् । उनले आफुलाई नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ जना सांसदको समर्थन रहेको दाबी गरेका छन्।
११० सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्छ ।


















प्रतिक्रिया